कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (परीक्षा तालिकासहित)

डिसी नेपाल
५ कार्तिक २०७७ १६:५३

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ।
यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *