बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि एन्फाले ३५ खेलाडीहरुलाई प्रशिक्षणमा बोलायो

डिसी नेपाल
५ कार्तिक २०७७ २२:१५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि ३५ खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको छ । यसअघि नै क्याम्पमा बोलाएका सबै खेलाडीलाई दशैको लगत्तै अर्थात कात्तिक १२ गते एन्फामा रिपोर्ट गर्न भनिएको छ । एन्फाले बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलका लागि खेलाडीहरुलाई कात्तिक १२ गते क्याम्पमा बोलाएको हो ।

फिफा विश्वकप छनोटका लागि प्रशिक्षणमा बोलाइएका खेलाडीलाई नै बंगलादेशको मैत्रीपुर्ण खेलको तयारीमा बोलाइएको छ । प्रायः खेलाडीहरु भ्याली बाहिर रहेका कारण सबै खेलाडीहरु काठमाडौमा आएपछि पीसीआर परिक्षण हुनेछ । कारवाहीका कारण विमल घर्तिमगर सहित अरु तीन जानालाई यसपटक पनि क्याम्पमा बोलाईएको छैन । बंगलादेशको मैत्रीपुर्ण खेल अगाडी नेपाली टिमले एक साता नेपालमा नै प्रशिक्षण गर्नेछ । त्यसपछि खेलको एक साता अगाडी टिम बंगलादेश प्रस्थान गर्नेछ ।

ढाकामा हुने दुई मैत्रीपुर्ण खेल अगाडी नेपाली टोली एक साता बंगलादेश पुगेर त्यहाँको सरकारको नियम अनुसार आइसोलसनमा बसेर कोरोना परिक्षण गराउने छ । त्यसपछि मात्र टिम प्रशिक्षणमा सहभागी हुनेछ ।  बंगलादेश फुटबल महासंघ (बीएफएफ)को तालिका अनुसार नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा कार्तिक २८ र मंसिर एक गते दुई वटा मैत्रीपुर्ण खेल खेल्नेछ । कोरोना भाइरसका कारण ६ महिनादेखि घरमा नै रहन बाध्य भएका नेपाली फुटबलरहरुले अन्ततः प्रशिक्षण गर्न र अन्तराष्ट्रिय खेल खेल्न पाउने भएका छन । बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एन्फाले फिफा विश्वकप छनोटको तयारीका रुपमा लिएको छ । पछिल्लो पटक एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट सावधानीका साथ प्रशिक्षण गर्न र बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नका लागि अनुमति लिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *