मोहम्मद सिराजले आइपिएलमा रचे नयाँ इतिहास

डिसी नेपाल
६ कार्तिक २०७७ ८:२४

काठमाडौं। गएराति इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका फास्ट बलर मोहम्मद सिराजले नयाँ इतिहास रचेका छन् । यो खेलमा कोलकाता नाइटराइडर्स यो सिजनकै सबैभन्दा कम स्कोरमा रोकियो । कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा केवल ८४ रन बनाउन सकेको थियो । कोलकातालाई यति कम स्कोरमा रोक्न सिराजको भूमिका महत्वपूर्ण रह्यो ।

सिराजले आफ्नो कोटाको ४ ओभरमा ८ रन दिएर ३ विकेट लिए । यसमा उनले २ ओभर मेडन पनि फालेका थिए । यसका साथै उनी आइपिएल इतिहासमै २ ओभर मेडल फाल्ने एकमात्र बलर बनेका छन् । आइपिएलमा अहिलेसम्म कुनै पनि बलरले २ ओभर मेडन फाल्न सकेका थिएनन् । सिराजले आफ्नो स्पेलको पहिलो र दोस्रो ओभरमा १ रन पनि दिएका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *