चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु, नमिठो मानेर नखाएका ३ जना बचे

काठमाडौं। नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् । चीनको यो परिवारका ९ सदस्यको मृत्यु फूड प्वाइजनिङका कारण भएको बताइएको छ । बताइएअनुसार उनीहरुले फ्रिजमा करिब १ वर्षदेखि राखिएको नुडल्स खाएका थिए । खाएपछि उनीहरु बिरामी भएका थिए । फ्रिजमा लामो समयसम्म राखिएको नुडल्सबाट परिवारले नुडल सुप बनाएका थिए ।

डेलीमेलका अनुसार सुप खाएको केही समयपछि नै उनीहरु बिरामी भएका थिए । रिपोर्टअनुसार उनीहरु कूल १२ जना जम्मा भएका थिए । तर, अन्य ३ जनाले यो सुपको स्वाद अनौठो लागेपछि मन नपरेर खाएका थिएनन् । उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई मृत घोषित गरिसकिएको थियो । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो ।

अन्तिम बिरामीको मृत्यु यही सोमबार भयो । पीडित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । घटनापछि चीनको स्वास्थ्य आयोगले राष्ट्रिय चेतावनी जारी गर्दै नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो