नेपाल छिर्न खोज्ने भारतीय नागरिकका कारण दिनभर वीरगन्जमा तनाब

डिसी नेपाल
६ कार्तिक २०७७ १९:३४

काठमाडौं । नेपाल भारत सीमा क्षेत्र रक्सौलबाट भारतीय नागरिकहरु नेपाल छिर्न खोजेपछि वीरगन्जमा तनाब उत्पन्न भएको छ । भारतले एकपक्षीय रुपमा वीरगन्ज नाका खोलेपछि सीमा क्षेत्रमा तनावग्रस्त भएको हो ।

नेपाल–भारत सीमानामा रहेको रक्सौल भन्सारले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा सीमा क्षेत्रमा केही बेर तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार भारतले एकतर्फीरुपमा नाका खोलेपछि नेपालतिर भारतीय नागरिकहरु छिर्न खोज्दा नेपाल प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको बताइन ।

कोरोना संक्रमणका कारण चैत्र ११ गतेदेखि बिना अनुमति सर्वसाधारणलाई नेपाल प्रवेशमा रोक लगाइएको भएपनि विहिबार भारतले एकतर्फीरुपमा नाका खोलेको थियो ।

‘ बिहीबार बिहानदेखि भारतले एकपक्षीरुपमा नाका खोलेपछि भारतबाट नेपाल आउने ठूलो संख्या सीमा क्षेत्रमा जम्मा भएको थियो सो समूह नेपाल आउन खोज्यो त्यही कारण अलि अलि समस्या आएको थियो अहिले चाहि हामीले व्यवस्थापन गरिसकेका छौ’, एसपी पन्तले भनिन ।

उनका अनुसार टाङ्गा, टेम्पु, मोटरसाइकल जीपलगायतका निजी सवारी साधनमा सयौं व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएका थिए । कार्तिक ३० गतेसम्म वीरगन्ज नाका बन्द राखिने नेपाल सरकारको निर्णय भए पनि भारतले एकपक्षीय रुपमा नाका खोलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *