बार्सिलोनाले पहिलो खेल जितेपछि चार स्टार खेलाडीको सम्झौता नवीकरण गर्यो

डिसी नेपाल
७ कार्तिक २०७७ १३:३४

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको सम्झौता नवीकरण गरेको छ । क्लबले क्लबका अनुभवी डिफेन्डर जेरार्ड पिके, गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन, डिफेन्डर क्लेमेन्ट लेङ्लेट र मिडफिल्डर फ्रान्की डी जोङको सम्झौता नवीकरण गरेको हो । सम्झौताअनुसार ३३ वर्षीय स्पेनिस डिफेन्डर पिके २०२४ सम्म बार्सिलोनामा रहनेछ । उनको रिलिज क्लज ५ सय मिलियन युरो तोकिएको छ । यस्तै, २८ वर्षीय जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको सम्झौता २०२५ सम्म लम्ब्याइएको छ ।

उनको विषयमा क्लबमा लामो समयदेखि नै छलफल भइरहेको थियो । उनको रिलिज क्लज ५ सय मिलियन युरो नै तोकिएको छ । यस्तै, २५ वर्षीय फ्रान्सेली डिफेन्डर क्लमेन्ट लेंलेट र डच मिडफिल्डर फ्रान्की डी जोङको सम्भmौंता २०२६ सम्मलाई लम्ब्याइएको छ । लेंलेटको ३ सय मिलियन युरो र डी जोङको ४ सय मिलियन युरो रिलिज क्लज तोकेको छ । ‘यो सम्झौता केही सातयताको लगातार छलफल र कोभिड–१९ का कारण देखिएको अहिलेको विषम परिस्थितिले निम्त्याएको अस्थायी सुविधाको उपज हो ।’ बार्सिलोनाको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *