विश्वकप विजेता क्रिकेटर कपिल देव अस्पताल भर्ना

डिसी नेपाल
७ कार्तिक २०७७ १५:५६

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना भएका छन् । १९८३ को विश्वकप विजेता कप्तान कपिल देवको आकस्मिक एन्जियोप्लास्टी गरिएको बताइएको छ । डाक्६रका अनुसार उनको स्थिति अहिले स्थिर छ । ६१ वर्षीय कपिल देवले क्रिकेट छाडेपछि लगातार कमेन्ट्री गरिरहेका छन् । यसका अलावा कैयौं टिभी शोमा पनि उनलाई देख्न सकिन्छ ।

१९८३ को विश्वकप विजेता टिमका सदस्य मदनलालले ट्वीट गर्दै कपिल देवको डाक्टरहरुले निरन्तर निगरानी गरिरहेको बताएका छन् । कपिल देवले १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यो अवधिमा उनले १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाए । उनलाई विश्वका सर्वश्रेष्ठ अलराउण्डरमा गनिन्छ । उनले आफ्नो करिअरका १३१ टेस्टमा पाँच हजारभन्दा बढी रन बनाए र ४३४ विकेट लिए । २२५ एकदिवसीयमा ३ हजार ७८३ रन बनाए र २५३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *