शाहरुख र प्रिती जिन्टा पछि सलमान खानको भाईले गरे क्रिकेटमा लगानी

डिसी नेपाल
७ कार्तिक २०७७ १७:२३

काठमाडौं । श्रीलंकामा हुन गईरहेको लंका प्रिमियर लिगमा बलिउडका स्टार सलमान खानका भाइ सोहेल खानले लगानी गरेका छन । उनले लंका प्रिमियर लिगको फ्रेन्चाइज टोली टस्कर्स किनेको समाचारमा बाहिर आएको छ । सोहेलको टोलीमा ‘द बोस’ नामले चिनिने क्रिस गेल लगायत श्रीलंकाली क्रिकेटर कुशल परेरा, कुशल मेन्डिस, नुवान प्रदीप तथा इंग्ल्यान्डका दायाँहाते फास्ट बलर लिआन प्लंकेट रहेका छन ।

सोहेलले क्यान्डी टस्कर्समा एकल लगानी भएको तथा यसमा परिवारका सदस्यहरूको साथ नभएको बताएका छन् । उनले ट्विट गर्दे भने, ‘मेरो स्वामित्वमा रहेको क्यान्डी टस्कर्समा परिवारका सदस्यहरूको लगानी छैन, यसमा मेरो मात्र लगानी हो,’ । यसैबीच टस्कर्सलाई श्रीलंकाली पूर्वकप्तान हसन तिलकरत्नेले प्रशिक्षण गर्नेछन् ।

२१ नोभेम्बर देखि १३ डिसेम्बरसम्म हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । दुई सहरमा हुने प्रतियोगिता विश्व स्तरिय हुने सिइओ अनिल मोहनले जनाएका छन ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *