विश्वभर कोरोना : गत २४ घण्टामा ४ लाख ८९ हजार संक्रमित थपिए, ६ हजार ५ सयले ज्यान गुमाए
काठमाडौं । विश्वमा कोरोनाका संक्रमितहरु थपिन थालेका छन्। गत २४ घण्टामा विश्वभरमा ४ लाख ८९ हजार ७ सय बढि कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड २४ लाख ६३ हजार बढि रहेको छ।
गत २४ घण्टामा विश्वभर ६ हजार ५ सय बढिले ज्यान गुमाएका छन्। योसँगै कोरोनाका कारण ११ लाख ४८ हजार ६ सय बढिको ज्यान मृत्यू भइसकेको छ। हालसम्म जम्मा ३ करोड १४ लाख १७ हजार बढिले कोरोना संक्रमण जितेर संक्रमण मुक्त भएको वल्र्डोमिटरले जनाएको छ।
गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ८१ हजार २ सय बढि कोरोनाका संक्रमितहरु थपएिका छन्। योसँग अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ८७ लाख ४६ हजार ९ सय बढि रहेको छ। हालसम्म अमेरिकामा २ लाख २९ हजार २ सय बढिले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सयबढि रहेको छ। अमेरिकामा हालसम्म ५६ लाख ९८ हजार १ सय बढि कोरोना संक्रमण मुक्त भएका छन् भने २८ लाख १९ हजार ५ सय बढि सक्रिय संक्रमितहरु रहेका छन्।
अमेरिकापछि भारतमा गत २४ घण्टामा ५४ हजार बढि कोरोनाका संक्रमितहरु थपएिका छन्। योसँग भारतमा कोरोना संक्रमित हुनेको संख्या ७८ लाख १३ हजार ६ सय बढि रहेको छ। हालसम्म भारतमा १ लाख १७ हजार ९ सय बढिले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सयबढि रहेको छ। भारतमा हालसम्म ७० लाख १३ हजार ५ सय बढि कोरोना संक्रमण मुक्त भएका छन् भने ६ लाख ८२ हजार ८ सय बढि सक्रिय संक्रमितहरु रहेका छन्।
पछिल्लो २४ घण्टामा भारतपछि फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार बढि रहेको छ। रिपोर्टका अनुसार फ्रान्समा ४२ हजार बढि कोरोनाका संक्रमितहरु थपएिका छन्। योसँग फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या १० लाख ४१ हजार बढि रहेको छ। हालसम्म फ्रान्समा ३४ हजार बढिले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सयबढि रहेको छ। फ्रान्समा हालसम्म १ लाख ९ हजार बढि कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ९७ हजार बढि सक्रिय संक्रमितहरु रहेका छन्।
यस्तै गत २४ घण्टामा ब्राजिलमा २३ हजार कोरोनाका संक्रमितहरु थपएिका छन्। योसँग ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ५३ लाख ५५ हजार ६ सय बढि रहेको छ। हालसम्म ब्राजिलमा १ लाख ५६ हजार ५ सय बढिले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सयबढि रहेको छ। ब्राजिलमा हालसम्म ४७ लाख ९७ हजार ८ सय बढि कोरोना संक्रमण मुक्त भएका छन् भने ४ लाख १ हजार सक्रिय संक्रमितहरु रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment