मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा घाईते

डिसी नेपाल
८ कार्तिक २०७७ २२:१७

काठमाडौं । भारतीय ब्याट्सम्यान एवम् इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माको देब्रे खुट्टाको मांसपेशीको स्नायु तन्किएको छ । किंग्स एलेभन पञ्जाब विरुद्धकै खेलमा उनको मांसपेशीको स्नायुमा समस्या आएको थियो । तर चेन्नई विरुद्धको खेलमा टस हुनुअघि मात्रै उनी खेल्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक गरिएको थियो । उनको स्थानमा आईपीएलमा मुम्बई इन्डियन्सको नेतृत्व वेष्टइन्डिजका अलराउण्डर क्यारन पोलार्डले गरेका थिए । उक्त खेलमा मुम्बईले चेन्नईलाई दश विकेटले हराएको छ ।

गत् शनिबार किंग्स एलेभन पञ्जाबविरुद्धको खेल दुईपटक सुपर ओभरमा गएको थियो । उक्त खेलकै क्रममा रोहित शर्मा घाइते भएका थिए । “पछिल्लो केही दिनमा रोहितको स्वास्थ्यमा प्रगति भएको छ ।”– टोलि ब्यवस्थापकले जारी गरेको वक्तब्यमा भनिएको छ । मुम्बईले आफ्नो आगामी खेलमा राजस्थान रोयलको सामना गर्दैछ । उक्त खेलका लागि समेत रोहित स्वस्थ् हुने नहुने सम्बन्धमा निर्क्योल भइसकेको छैन् ।

यसअघि गत् फेब्रुअरी महिनामा भारतीय क्रिकेट टोलि न्युजिल्याण्ड भ्रमणमा हुँदा शर्मा घाइते भई फर्किनुपरेको थियो । टोलिका एक प्रमुख ब्याट्सम्यान रहेका शर्माको अनुपस्थितिमा नै भारतले न्युजिल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्ट श्रृखंला खेलेको थियो । आईपीएल लगत्तै भारतले अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । टोलिका प्रमुख सदस्य रहेका साथै टी ट्वान्टी, अन्तर्राष्ट्रिय एकदिवसीय र टेष्ट गरी तीनै टोलिमा खेल्ने भएकोले उनको स्वास्थ्य अवस्था चिकित्सकले नजिकबाट नियालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *