थप १७४१ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

डिसी नेपाल
१० कार्तिक २०७७ १८:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४ हजार ५ जना निको भएका छन् । थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।
तीमध्ये ३२ हजार ६०७ जना होम आइसोलेशनमा रहेका छन् भने २८५ जनाको आइसीयू तथा ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *