कोरोना संक्रमणका कारण रुपन्देहीमा थप दुई जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७७ ९:१५

बुटवल। कोरोना संक्रमणका कारण रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ। तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताP।

यस्तै बुटवलका एक पुरुषको मंगलबार बिहान निधन भएको छ। उनमा कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि पुएको थियो। उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *