पशुपतिका भण्डारी साइबर क्राइममा पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०७७ १७:३४
732
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष समेत रहेका पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी केदारनाथलाई प्रकाउ गरेको जनाएको छ।

भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट साइबर क्राइमको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापालाई सामाजिक संजालमा गाली गलौज गर्नुका साथै फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको पाइएको उजुरीका कारण पक्राउ गरिएको हो।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *