विश्वमा कोरोना : एकैदिनमा ५ लाख बढिमा संक्रमण, संक्रमितको संख्या साढे ४ करोड नजिक

डिसी नेपाल
१३ कार्तिक २०७७ ८:४२
108
Shares

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या साढे ४ करोडको नजिक रहेको छ। गत २४ घण्टामा मात्र ५लाख बढि कोरोनाका संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ४२ हजार ५ सय बढि पुगेको छ। यस्तै गत २४ घण्टामा ७ हजार १ सय बढिको कोरोनाका कारण मृत्यु भयो । हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ लाख ७८ हजार ५ सय बढि रहेको छ।

गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ८१ हजार ८ सय बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँग अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ९१ लाख २० हजार बढि रहेको छ। हालसम्म अमेरिकामा ५९ लाख ३३ हजार २ सय बढि कोरोनाका संक्रमितमात्र निको भएका छन् । अमेरिकामा हालसम्म २९ लाख ५४ हजार बढि कोरोनाका सक्रिया संक्रमितहरु रहेको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ।

अमेरिकापछि विश्वको सबैभन्दा बढि संक्रमित भएको देश भारत हो। भारतमा गत २४ घण्टामा पनि अमेरिकापछि ४९ हजार ९ सय बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख ३८ हजार ७ सय बढि रहेको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख २० हजार ५ सय बढिको ज्यान गएको छ भने गत २४ घण्टामा पनि ५ सय बढिले कोरोनाका कारण ज्यान गुमाउनु परको छ। भारतमा ७३ लाख १४ हजार ९ सय बढि कोरोना संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै हालसम्म ६ लाख ३ हजार २ सय बढि सक्रिय कोरोनाका संक्रमितहरु रहेका छनु।

पछिल्ला केहीदिन यता फ्रान्समा पनि दैनिक संक्रमित थपिने क्रम बढदो छ। गत २४ घण्टामा फ्रान्समा ३६ हजार ४ सय बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँग फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख ३५ हजार १ सय बढि रहेको छ। हालसम्म कोरोनाका कारण फ्रान्समा ३५ हजार ७ सय बढिको ज्यान गएको छ। गत २४ घण्टामा फ्रान्समा २ सय बढिले ज्यान गुमाएका छन्। १० लाख ८५ हजार सक्रिय संक्रमित रहेको फ्रान्समा १ लाख १३ हजार ९ सय बढिले मात्र अहिलेसम्म कोरोना जित्न सफल भएका छन्।

गत २४ घण्टामा ब्राजिलमा २८ हजार ८ सय बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ५४ लाख ६९ हजार ७ सय बढि रहेको छ। ब्राजिलमा कोरोनाका कारण हालसम्म १ लाख ५८ हजार बढिको ज्यान गएको छ। भने, गत २४ घण्टामा करिव साढे ४ सयको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्म ब्राजिलमा ४९ लाख ३४ हजार ५ सय बढि कोरोना संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै, ३ लाख ७६ हजार बढि संक्रिय संक्रमितको संख्या रहेको छ।

गत २४ घण्टामा इटाली र यूकेमा २४ हजार बढि, स्पेनमा १९ हजार बढि, पोल्याण्डमा १८ हजार, रसिया र जर्मनीमा १६ हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै, अर्जेीन्टना र बेल्जीयममा १२ हजार बढिकोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *