भारत विरुद्वको सिरीजका लागि अष्ट्रेलीयन टोलीको घोषणा
काठमाडौं । अष्ट्रेलीयाले भारत विरुद्वको सिरीजका लागि टोलीको नाम सार्वजनिक गरेको छ । टी–२० र एकदिवसीय सिरीजको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले युवा खेलाडी क्यामरन ग्रीकलाई मौका दिएको छ । टोलीमा ३३ बर्षीय अराउन्डर मोइसेस हेनरिक्सले तिन बर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन ।
भारत विरुद्व हुने एकदिवसीय सिरीज सिडनी र क्यानवेरामा २७ नोभेम्बर देखी २ डिसेम्बर सम्म हुनेछ । साथै टी–२० सिरीज पनि सोही स्थानमा ४ देखी ८ डिसेम्बर सम्म हुनेछ ।
अष्ट्रेलीयाली टोली : आरोन फिन्च (कप्तान), सीन एर्बोट, एश्टन एगर, एलेक्स केरी, प्याट कमिन्स (उप–कप्तान), क्यामरन ग्रीन, जोश हेजलवुड, मोईसेस हेनरिक्स, मार्नश लाबुशेन, ग्लेन म्याक्सवेल, डयानियल स्याम्स, केन रिचर्डसन, स्टीवन स्मिथ, मिसेल स्टार्क, मार्कश स्टोईनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment