चेन्नईसँग पराजित भएपछि कोलकाताको प्लेअफ दौडमा झट्का
काठमाडौं। यूएईमा जारी आईपीएलको बिहीबारको खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपरकिंग्ससँग पराजित भएको छ। दुबैमा सम्पन्न खेलमा चेन्नई ६ विकेटले विजयी भयो।
पहिला ब्याटिंग गरेको कोलकाताले ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको चेन्नईले अन्तिम बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। रविन्द्र जडेजाले अन्तिम बलमा एक रन आवश्यक हुँदा छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाए।
हारसँगै कोलकाताको प्लेअफ दौडमा झट्का लागेको छ। उसको १३ खेलबाट मात्र १२ अंक छ। समान १२ अंक नै रहेको किंग्स एलेभन पञ्जावको रनरेट पनि कोलकताभन्दा राम्रो छ भने उसले अझै २ खेल खेल्न बाँकी छ। कोलकाताको भने अब १ खेलमात्र बाँकी छ। जितपछि पनि चेन्नईको प्लेअफमा जाने सम्भावना भने छैन। उसको १३ खेलबाट मात्र १० अंक भएको छ।
जारी सिजनको प्लेअफमा पुग्ने पहिलो टिम मुम्बई इण्डियन्स बनेको छ। उसको १६ अंक छ भने आरसीबी र दिल्ली क्यापिटल्सको समान १४ १४ अंक छ। दुबैले दुई दुई खेल्न बाँकी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment