उच्च शिक्षामा घरबाटै परीक्षा

डिसी नेपाल
१४ कार्तिक २०७७ ६:४१

काठमाडौं। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन्। कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन्। पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन्।

नौलो अनुभव ग-यौँ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी भए।

सधै भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगालेका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उनले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गरे।

परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उनी सुनाउँछन्। घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण भएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *