विश्वमा कोरोना : साढे ४ लाख थपिएपछि कोरोना संक्रमितको संख्या साढे ४ करोड बढी

डिसी नेपाल
१४ कार्तिक २०७७ ६:४८

काठमाडौं। विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार विश्वभरका सवा २ सय बढी देशहरुमा गरी ४ लाख ४५ हजार २ सयबढी कोरोनाका संक्रमितहरु थपिएका हुन। योसँगैं विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ५३ लाख १२ हजार ६ सय बढिरहेको छ।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ९१ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ लाख १२ हजार ५ सय बढी रहेको छ। जसमध्ये २ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा १ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

अमेरिकापछि भारतमा ४९ हजार २ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख ८८ हजार बढी रहेको छ। जसमध्ये १ लाख २१ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा ५ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

पछिल्लो समय फ्रान्समा संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ। फ्रान्समा ४७ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख ८२ हजार ७ सय बढी रहेको छ। जसमध्ये ३६ हजार बढीले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा २ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै, गत २४ घण्टामा इटाली र ब्राजिलमा २६ हजार बढी, स्पेन र यूकेमा २३ हजार बढी, बेल्जीयममा २१ हजार र पोल्याण्डमा २० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।जर्मनीमा १८ हजार बढी, रसियामा १७ हजार बढी, अर्जेन्टिनामा १३ हजार बढी, कोलोम्बीयामा ११ हजार बढी र नेदरल्याण्डमा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएको तथ्यांकले जनाएको छ।

यसैगरी, स्वीजरल्याण्डमा ९ हजार बढी, इरानमा ८ हजार बढी, यूक्रेनमा ७ हजार बढी, रोमानीयामा ६ हजार र मेक्सिकोमा ५ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्। यस्तै, अष्ट्रिया, मोरोको र प्रोचुगलमा ४ हजार बढी, इराक, इन्डोनेसीया र जोर्डनमा ३ हजार बढी र नेपाल, क्यानडा, टर्की, अर्मानीया, पेरु, दक्षिण अफ्रिका र हङ्गेरीलगायतका देशहरुमा २ हजार बढीका दरले कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *