छुरी प्रहारबाट धापासीमा एक जनाको हत्या

डिसी नेपाल
१४ कार्तिक २०७७ १७:१८

काठमाडौं । काठमाडौंको धापासीमा छुरी प्रहारबाट एक युवकको हत्या भएको छ । टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरी प्रहारबाट मृत्यु भएको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।

धापासी हाइटस्थित देवी मन्दिर नजिकै अज्ञात समूहले उनीमाथि एक्कासी छुरा प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसर काठमाडौंले जनाएको छ ।

मन्दिर वरिपरि बसेर लागुऔषध सेवन गर्ने ३÷४ जनाको समूहले उनीमाथि छुरी प्रहार गरेको आशंका प्रहरीले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *