उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

डिसी नेपाल
१५ कार्तिक २०७७ १६:२७

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५६९महिला र ७८८ पूरुष रहेका छन्।

काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् ।

देशभर थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको स्वस्थ्य तथा

जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।
कोरोना संक्रमणबाट थप १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *