वीरगञ्ज नाकाबाट भटमासको तेल निकासी साढे ४ गुणा बढ्यो

डिसी नेपाल
१६ कार्तिक २०७७ ६:३३
76
Shares

वीरगञ्ज। वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित तेल भारत निर्यात भएको हो।

चालू वर्षको साउनदेखि असोजसम्मको ३ महीनामा निर्यात भएको परिमाण अघिल्लो वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा साढे ४ गुणा बढी भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए। अघिल्लो वर्ष पहिलो ३ महीने अवधिमा वीरगञ्ज नाकाबाट बारा र पर्साका तेल उद्योगले ७ हजार ९८० मेट्रिकटन यस्तो तेल निकासी गरेका थिए।

भटमासको तेल यो वर्ष वीरगञ्ज भन्सारबाट निकासी हुने मुख्य वस्तुको पहिलो स्थानमा परेको छ। अघिल्लो वर्ष प्रशोधित पाम तेल निकासी गरेका उद्योगले यो वर्ष भटमासको तेल निकासीमा जोड दिएका हुन्।

भारतले गत माघमा पाम आयलको आयात रोकेको थियो। १ महीनाको प्रतिबन्धपछि कोटामा आयात अनुमति दिएको भारतले गत चैतमा पुनः प्रतिबन्ध लगाएको थियो।

बारा र पर्सा औद्योगिक कोरिडोरमा एक दर्जन तेल उद्योग रहेके आजको आर्थिक अभियान दैनिकमा खवर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *