विश्वमा कोरोना : ४ करोड ६३ लाख संक्रमित, ३ करोड ३४ लाख निको भए

डिसी नेपाल
१६ कार्तिक २०७७ ७:०३

काठमाडौं । विश्वभरमा हालसम्म ३ करोड बढी कोरोनाका संक्रमितहरु निको भएका छन्। हालसम्म ४ करोड ६३ लाख ३६ लाख ७ हजार ४ सयमा कोरोना संक्रमण भएको थियो। जसमा गत २४ घण्टामा मात्र ४ लाख ७५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

कोरोना संक्रमितमध्ये औषतमा ७२ प्रतिशतले कोरोनाको संक्रमण जित्न सफल भएका हुन्। हालसम्म संक्रमित भएका संख्याको ७२ प्रतिशत अथवा ३ करोड ३४ लाख ७९ हजार २ सय बढी कोरोनाका संक्रमित निको भएर घर फर्केका छन। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ९९ हजार ७ सय रहेको छ। यो संक्रमितको संख्याको २ दशमलव ५८ प्रतिशत रहेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख गरिएको छ।

तथ्यांकले जनाए अनुसार सबैभन्दा बढी संक्रमितको संख्या रहेको अमेरिकामा संक्रमितको संख्याको ६४ दशमलब ४७ प्रतिशतले कोरोना जित्न सफल भएका छन् भने संक्रमितको संख्याको २ दशमलब ५१ प्रतिशतले कोरोनाका कारण ज्यान समेत गुमाउनु परेको छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा ९४ लाख २ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्। यस्तै, ६० लाख ६२ हजार ४ सय बढीले कोरोनाको संक्रमणबाट मुक्ति पाएका छन् भने, २ लाख ३६ हजार भन्दा धेरैले ज्यान पनि गुमाएका छन्।

अमेरिकापछि भारतमा कोरोनाका सबैभन्दा धेरै संक्रमितहरु रहेका छन्। हालसम्म भारतमा ८१ लाख ८२ हजार ८ सय कोरोनाका संक्रमितहरु रहेका छन्। जसमध्ये ७४ लाख ८९ हजार २ सय बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन् भने, १ लाख २२ हजार १ सयले ज्यान गुमाएका छन्। भारतमा संक्रमित संख्याको आधारमा करिव ९१ दशमलब ५२ प्रतिशत संक्रमितहरु निको भएको पाइएको छ भने, १ दशमलब ४९ प्रतिशतले ज्यान पनि गुमाएका छन्।

यस्तै, ब्राजिलमा ५५ लाख ३५ हजार ६ सय कोरोनाका संक्रमित मध्ये ४९ लाख ७२ हजार ८ सय बढीले कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। साथै ब्राजिलमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ९ सय बढी रहेको छ।

रसियामा १६ लाख १८ हजार भन्दा धेरै कोरोना संक्रमित मध्ये १२ लाख १५ हजार बढी संक्रमितहरु निको भएका छन् भने, २७ हजार बढीले ज्यान पनि गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *