कोरोना र मौसमी फ्लूबाट बच्न आत्म अनुशासन आवश्यक

तर्कबहादुर थापा
१६ कार्तिक २०७७ ९:०२

काठमाडौं। ‘कोरोना आएपछि अरु रोगहरु त लुके जस्तो छ है,’ चावहिलस्थित एक मेडिकल स्टोरमा कोरोनासँग मिल्दो जुल्दो लक्षणका लागि औषधि खरिद गरिरहेका केहीले कुरा उठाए। एक हुलले औषधि खरिद गरेर फिर्ता भएपछि हामीहरु त्यहाँ पुग्यौं। मैलै जस्तै चिसोको कारण हुनसक्ने सम्झावित जोखिमको पूर्व तयारीका लागि औषधि खरिद गर्न आएका हरेछन् उनी।

‘पहिलेका भाइहरुले भनेको कुरा मलाइ ठिकै लाग्यो है डाक्टर साब,’ उनले पनि त्यो विषयबाट आफूलाई टाढा राख्न चाहेनन्। मेडिकलमा अन्य उपभोक्ता नभएका कारण झण्डै १० मिनेट कोरोनाको बारेमा नै कुरा भयो।

‘नेपालमा लकडाउन र गर्मीको मौसमसँगै सुरु भएको थियो,’ मेडिकल भित्रबाट सेतो कोट लगाएका व्यक्तिले भने, ‘गर्मीमा हुने रोगहरु धेरै देखिएनन् नि। हामीसँग औषतमा पहिलाका वर्षहरुको गर्मी मौसममा बेच्ने औषधिहरु झण्डै ७० प्रतिशतले स्टक रहेको छ।’

हामीले डा शेरबहादुर पुनलाई यही प्रश्न गरेका थियौं। डा. पुनले पनि आफूले पढेको र बुझेको आधारमा पहिलाका वर्षहरुमा भन्दा यो वर्ष गर्मीका कारण लाग्ने रोगहरु अत्यन्तै कम देखिएको बताए। डिसी नेपालसँग उनले भने, ‘मलाइ पनि अच्चम लागि रहेको छ। कोरोना सुरु भएपछि गर्मीबाट लाग्ने रोगहरु एकदमै कम देखिएका छन्।’

जाडो मौसममा भाइरल इन्फेक्सनहरु सम्भावना हुन्छ। बच्चाहरुमा पनि चिसोको काराण भाइसरहरुको खतरा बढी हुन्छ। उनीहरुमा झाडापखला तथा वान्ता पनि भाइरलका कारण हुन सक्छ। जाडो महिना लागेपछि रुगाखोकी लाग्ने नै भयो। रुगाखोकीका कारण फ्ल्युको इन्फेक्सन पनि हुने डर त्यतिकै रहन्छ।

कोरोनाका कारण गर्मीमा लाग्ने रोगहरु कमी देखिए पनि चिसो मौसमका फ्लूहरु भने कमी नहुने डा. पुनको अनुमान रहेको छ। उनले भने, ‘गर्मी र लकडाउनसँगै भएकाले मान्छेहरु घर बाहिर निस्केनन्। गर्मीमा लाग्ने रोगहरु पनि सरुवा रोग भएकाले भौतिक दुरीका कारण धेरै कम भएको हो। अझ मान्छेले कोरोनाको डरले हरेकले व्यक्तिगत जीवनशैलीमा पनि केही परिवर्तन गरे। साबुन पानीले हात धुने, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, व्यक्ति व्यक्ति बीचको दुरी कायम गर्ने जस्ता कुराले पनि त्यो बेलामा अन्य रोगहरु लाग्न दिएको थिएन।’

उनले अन्तर्राष्ट्रिय स्तरमा पनि कोरोनाका बेला दीर्घरोग बाहेक सरुवारोगहरु कम मात्रामा देखिएको बताए। उनले भने, ‘दीर्घरोग बाहेक कोरोनाको साथमा अन्य सरुवारोग पनि छ। एउटै व्यक्तिमा कोरोना पनि र सरुवा रोगको लक्षण पनि भन्ने कमै मात्रामा सुन्न र पढ्न पाइएको छ।’ कोरोनासँगै सरुवारोग हुँदैन भन्दैमा लापरवाही गर्न नहुने पनि डा. पुनको भनाइ छ।

चिसो मौसमी फ्लू र कोरोनाका केही लक्षण उस्तै भएका कारण सर्वसाधारणलाई छुट्याउन गाह्रो भएको छ। दशैंमा टीका थाप्न धादिङबाट काठमाडौं आएकी जमुना गुरुङ काठमाडौं मै बस्न बाध्य छन्। उनलाई रुगाखोकी सुरुवात भएको छ। उनले आफूमा भएको समस्या कोरोना हो वा रुवाखोकी हो भन्ने बारे बुझनै लागि करिव ७ दिन जति होम क्वारेन्टाइनमा बसेको बताइन्।

‘नाक बग्ने, खोकी लाग्ने भयो,’ जमुनाले भनिन्, ‘कति कति बेला टाउको पनि दुख्थ्यो। बुवाआमाले यस्तो बेलामा हिड्न हुँदैन भन्नु भयो। म घरमै अलगै बसेँ। अलि बढी भयो भने र अन्य केही समस्या भए अस्पताल जाने सोचेकी थिएँ। अहिले ठिक छु।’ कतिपयलाई कोरोनाका धेरै लक्षण देखाए पनि टेस्ट गराउँदा नेगेटिभ आएको कारण मैले केही समय कुरेर हेरेको उनको भनाइ थियो।

डा. पुन पनि यस्तो बेलामा जमुनाले झैं आफूलाई अलगै राखेर बस्नु उपयुक्त हुने बताउँछन्। उनले भने, ‘जाडो मौसममा भाइरल इन्फेक्सनहरु सम्भावना हुन्छ। बच्चाहरुमा पनि चिसोको काराण भाइसरहरुको खतरा बढी हुन्छ। उनीहरुमा झाडापखला तथा वान्ता पनि भाइरलका कारण हुन सक्छ। जाडो महिना लागेपछि रुगाखोकी लाग्ने नै भयो। रुगाखोकीका कारण फ्ल्युको इन्फेक्सन पनि हुने डर त्यतिकै रहन्छ।’

चिसो मौसममा हुने फ्लू र कोरोनाकाबाट बच्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले बनाएका स्वास्थ्य सम्बन्धी प्रोटोकलहरुलाई आत्मसाथ गरेर अगाडि बढ्न डा. पुनको सुझाव छ।

उनले भने, ‘चिसो मौसममा खानपानको कुरालाई पनि विशेष ध्यान दिनुपर्छ। अझै खोक्दा, छ्यूँ गर्दा जस्ता विषयमा सजगता अपनाउन सकिन्छ। व्यक्तिगत सरसफाई महत्वपूर्ण कुरा हो। हामीले चिसोबाट हुने फ्लूहरु र कोरोनाका लक्षण उस्तै छन भन्ने कुरा थाहा पाएका छौं। र मैले विनम्र अनुरोध पनि गरेँ। कुनै पनि सरुवा रोगबाट जोगिन कोरोनाका बेला अपनाइएका स्वास्थ्य सम्बन्धी मापदण्डहरु अपनाउन आवश्यक छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *