कोरोना रोकथाममा गम्भीर बन्नुपर्छः अध्यक्ष यादव

डिसी नेपाल
१६ कार्तिक २०७७ २३:४१

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन् ।

सङ्क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आज समवेदना दिने क्रममा उनले जनताले सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्घन गर्न हुँदैन भने ।

पूर्व स्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *