‘रअ’सगँको साँठगाँग ! राष्ट्रियता खतरामा

डिसी नेपाल
१७ कार्तिक २०७७ ६:४१

काठमाडौं। राष्ट्रवादी भएको ढोंग रचेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई धोका दिन लागेका त होइनन् भन्ने चर्चा अहिले उनकै दल नेपाल कम्य्निष्ट पार्टी नेकपा भित्र व्याप्त चर्चा छ। नेपालको नयाँ नक्सा संसदबाट  पूर्ण बहुमतका साथ पारित गरी सार्वजनिक गरिएको भए पनि ओलीले आफैंले अहिले उक्त नक्साको प्रयोग गर्न छाडेका छन्।

उनले पुरानै नक्सा प्रयोग गरिरहेका छन्। यसकाे कारण भारतीय मिडियाहरुले ‘दे र आया दुरुस्त आया’  अथार्त ढिलो भए पनि उस्तै रुपमा फर्किएको भन्दै ओलीको प्रशंसा गरिरहेका छन्। उनीहरुको बुझाइमा नेपालीले जारी गरेको नयाँ नक्साबाट नेपाल पछि हटेको छ र पुरानो स्वरुपमा फर्किएको छ। ओलीले यसै गरे।

उनले बडादशैंको शुभकामना सन्देशमा नयाँ नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नै गायब भएको छ। उनले बडादशैंको शुभकामना दिँदा प्रयोग गरेकोे निशान छापमा लिम्पियाध्रा बिनाके पुरानो नक्साको प्रयोग भएको छ। म ओलीको सचिवालयले निशान छाप साना भएकाले नदेखिएको भनी कुतर्क गरेकोे छ।

यसअघि ओलीले पाठ्यसामग्रीमा समेत पनि नयाँ नक्सा हतारिएर नछाप्न निर्देशन दिएका थिए। दशको प्रधानमन्त्रीले नै यसरी लिम्पियाधुरा नभएको नक्सा प्रयोग गर्नुलाई सामान्य त्रुटी मान्न नसकिने भन्दै ब्यापक आलोचना भएको छ।

आफूले बाहेक अरुले नयाँ नक्सा सार्वजनिक गर्न नसक्ने भन्दै संसदमा ठूला ठूला भाषण गरेका उनलाई पछिल्ला समयमा देखाएको गलत हर्कतका कारण भन उनी दण्ड लायक भएको भन्दै आलोचना हुन थालेको छ।

नेपालको संविधानविपरीत यसरी अगाडि बढ्नु उनी देशद्रोही कहलिन सक्ने गरी टिप्पणी भइरहेको छ। एकातिर यस्तो गद्दारी गर्ने र अर्कातिर ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमा प्रचलित कूटनीतिक मर्यादाविपरीत भेट गर्नुलाई सामान्य मान्न सकिने खबर आजको जनभावना साप्ताहिकले लेखेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *