अमेरिकामा कोरोनाको पहिलो विरामी जाँच्नु पूर्व भगवानसँग प्रार्थना गरेँ : डाक्टर विनोद खड्का

डिसी नेपाल
१७ कार्तिक २०७७ १२:३१

वासिंगटन डिसी। कोरोना महामारी शुरु हुँदा आजभन्दा ९ महिनाअघि सबैतिर त्रास थियो। अहिले त्यो त्रास सतर्कतामा बदलिएको छ। अमेरिकाको विन्सकन्सन राज्यका चर्चित दुई अस्पतालमा कोरोनाका विरामीको उपचारमा संलग्न डाक्टर विनोद खड्काले कोरोना शुरुवात हुँदा विरामीमा मात्र होइन डाक्टर र स्वास्थ्यकर्मीमा त्रासको अनुभूति उत्पन्न भएको सुनाए।

उनले भने, ‘म कोरोना पोजिटिभ भएको विरामी जाँच्न पहिलोपल्ट उपचार कक्षमा जाँदा सबैभन्दा पहिला भगवानसँग प्रार्थना गरेको थिएँ। मलाइ नै लाग्ने हो कि? परिवारलाई नै सार्ने पो हुँ कि भन्ने पनि थियो।’

अहिले संसारभर कोरोना भाइरसको दोस्रो वेभ चलिरहेको छ र अमेरिकामा दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन्। अहिलेसम्म ५ सयभन्दा बढी कोभिडका विरामीको उपचार गरिसकेका र ४० भन्दा बढी स्वास्थ्यकर्मीको टीमको नेतृत्व दिइरहेका डाक्टर खड्का भन्छन्, ‘सबैकुराको सुविधा भएको अमेरिकामा प्रत्येक सेकेन्डमा एकजना नयाँ कोभिडका रोगी थपिन्छन् भने प्रत्येक २ मिनेटमा एकजना व्यक्तिको मृत्यु भइरहेको छ।’

 मलाइ नै लाग्ने हो कि? परिवारलाई नै सार्ने पो हुँ कि भन्ने पनि थियो।’  अमेरिकामा प्रत्येक सेकेन्डमा एकजना नयां कोभिडका रोगी थपिन्छन् भने प्रत्येक २ मिनेटमा एकजना व्यक्तिको मृत्यु भइरहेको छ।  कोरोना भाइरसको माहामारीबाट बांच्न ‘एसएमएस’ को सूत्र अनिवार्य परिपालना

डिसी नेपालको पाक्षिक टक सो ‘हेल्थ कन्सर्न’ का लागि किरण ढकालसँग लाइभ प्रसारणमा कुराकानी गर्दै डाक्टर खड्काले कोरोना भाइरसको माहामारीबाट बाँच्न ‘एसएमएस’ को सूत्र अनिवार्य परिपालना गर्न सर्वसाधारणलाई आग्रह गरे। एसको अर्थ सेफ डिस्ट्यान्स, एमको अर्थ मास्क र अर्को एसको अर्थ स्यानिटाइजर को प्रयोग हो। मानिसहरुबीच सेफ डिस्ट्यान्स कायम गर्ने, अनिवार्य मास्क लगाउने र स्यानिटाइजरको उचित प्रयोग गर्ने काम मात्रै अहिलेका लागि कोरोनाबाट बच्ने भरपर्दो उपाय भएको उनको तर्क छ।

नोभेम्बर १७, २०१९ मा चीनको उहानमा पहिलोपल्ट कोरोनाको विरामी देखएकोमा यो भाइरसले एकै वर्षमा एकबाट ४६ दशमलव ४ मिलियन मानिसलाई संक्रमित गराएकोले यसबाट बँच्ने उपायहरुको पालना अनिवार्य रुपमै गर्नुपर्ने उनको धारणा छ।

नेपाल र अमेरिका दुबै ठाउँहरुमा जाडो मौसम शुरु भएकोले र यो मौसममा रुघा खोकी एवं अन्य भाइरलका विरामी पनि देखिने हुँदा मानिसहरु अझ धेरै विरामी पर्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको तर्क गर्दै उनले आफूबाट अरुलाई सार्न सक्ने खतराबाट बच्दा कोरोनाको फैलावट रोक्न सकिने बताए।

आराम गर्न, झोल पदार्थ प्रशस्त पिउन र सिकिस्त भए अस्पताल जान उनले सल्लाह दिए। कोरोनाको औषधि पत्ता लागिनसकेको अवस्थामा आफूहरुले मानिसको रोग प्रतिरोध क्षमता बढाउन टेक्सामेथाजन नामक स्टेरोइड औषधि प्रयोग गरिरहेको उनले बताए।

यसवाहेक कहिले काहीँ रेमिडेसिभिर, प्लाज्मथेरापी आदिको प्रयोग भए पनि यही एउटा औषधि प्रभावकारी हो भन्न सकिने अवस्था नभएको धारणा राख्दै उनले मानिसले आफ्नो रोग प्रतिरोधी क्षमता बढाउने खालका खाना खानुपर्नेमा उनले जोड दिए। उनले भने, ‘अति आवश्यक काममा बाहेक घरबाट वाहिर ननिस्कनुहोस्, निस्कँदा पनि सामाजिक दूरी कायम गर्नुहोस् र मास्क अनिवार्य लगाउनुहोस्।’

अमेरिका नेपाल मेडिकल फाउण्डेसनका उपाध्यक्ष समेत रहेका डा.खड्काले नेपालमा विरामीलाई अक्जिसनमात्रै पुर्याउन सके पनि उनीहरुलाई बचाउन मद्धत पुग्ने धारणा राखे। यसका लागि फाउण्डेसनले टिचिङ अस्पताल र कोशी अस्पताललाई एक एक करोड रुपैयाँ सहयोग गरिसकेको र अन्य अस्पतालमा पनि अक्सिजन प्लाण्टका लागि सहयोग गरिरहेको बताए ।

विस्तृत अन्तर्वार्ता भिडियाेमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *