भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घाँस काट्नलाई जंगल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो। निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment