दरबार हाइस्कुल सञ्चालनमा आउँदै

डिसी नेपाल
१८ कार्तिक २०७७ ७:२१

काठमाडौं। पुनर्निर्माण सकिएर विद्यालयलाई साँचो हस्तान्तरण गरिएपछि ऐतिहासिक दरबार हाइस्कुल (भानु मावि) तिहारअघि नै नयाँ भवनबाट सञ्चालनमा आउनेभएको छ।

विद्यालयका सबै भौतिक सामग्रीको बन्दोबस्त गरी तिहारअघि नै दरबार हाइस्कुल नयाँ भवनबाट कामकाज सञ्चालनमा ल्याउने भएको हो । विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले तिहारअघि नै आफूहरू पूर्णरूपमा विद्यालयमा सरिसक्ने र त्यसका लागि काम भइरहेको जानकारी दिए।

पाँच वर्षअघि २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त दरबार हाइस्कुल प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा सारिएको थियो । दरबार हाइस्कुलसँगै रहेको संस्कृत माध्यमिक विद्यालय रानीपोखरी पनि सोही स्थानमै सारिएको थियो ।

वाल्मीकि विद्यापीठ नजिकैको परिसरबाट विद्यालयका भौतिक सामान सार्ने काम सुरु गरिएको जनाइएको छ । विद्यालयमा तत्काल भौतिक कक्षा सुरु हुन सक्ने अवस्था भने नरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *