विश्वभरमा कोरोना : ३ करोड ४० लाख बढी निको भए, १२ लाखले ज्यान गुमाए

डिसी नेपाल
१८ कार्तिक २०७७ ७:२६
80
Shares

काठमाडौं । हालसम्म विश्वभरमा ३ करोड ४० लाख १२ हजार ९ ससय बढीले कोरोना जितेका छन्। विश्वका सवा २ सय भन्दा धेरै देशहरुलाई आफ्नो चपेटामा पारेको कोरोनाले हालसम्म १२ लाख १० हजार ९ सय ९० को ज्यान समेत लिएको छ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्र ९७ लाख ६७ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्र्डोमिटरको तथ्यांकले जनाएको छ। गत २४ घण्टामा ८८ हजार ४ सय ४४ थप कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकापछि भारतमा ८२ लाख ६६ हजार ९ सय १४ कोरोनाका संक्रमितहरु रहेका छन्। अमेरिकामा २ लाख ३६ हजार ९ सय ८१ ले कोरोनाका कारण ज्यान गुमाएका छन् भने संक्रमित मध्ये ६१ लाख ५८ हजार १ सय कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

गत २४ घण्टामा कोरोना संक्रमित थपिनेमा पछिल्लो समय फ्रान्स उकालो लाग्दै आएको छ। वितेको २४ घण्टामा फ्रान्समा आधा लाख बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार फ्रान्समा गत २४ घण्टामा ५२ हजार ५ सय १८ जनामा कोरोनाको संक्रमण भेटिएको हो । योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ लाख ६६ हजार ४ सय ३३ पुगेको छ । जसमध्ये हालसम्म ३७ हजार ४ सय ३५ ले ज्यान गुमाएका छन् भने १ लाख १९ हजार १ सय ४ जनाले कोरोनाको संक्रमण जितेका छन्।

भारतमा गत २४ घण्टामा थप ३७ हजार ५ सय ९२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा संक्रमित हुनेको संख्या ८२ लाख ६६ हजार ९ सय १४ पुगेको छ। भारतमा हालसम्म १ लाख २३ हजार १ सय ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन भने १६ लाख १ हजार ४ सय २९ जनाले कोरोना संक्रमण जितेको तथ्यांकले जनाएको छ।

यस्तै गत २४ घण्टामा इटालीमा २२ हजार २ सय, स्वीजरल्याण्डमा २१ हजार ९ सय, यूके, स्पेन र रसियामा १८ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। गत २४ घण्टामा विश्वभरीमा ४ लाख ७० हजार ७ सय ९ जना कोरोनाका संक्रमितहरु थपिएका छन् भने ५ हजार ६ सय ७४ ले कोरोनाका कारण ज्यान गुमाएका छन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *