उपत्यकामा १९ हजार १४६ सहित देशभर ३७ हजार ४७६ सक्रिय संक्रमित, कहाँ कति ?(तथ्यांकसहित)

डिसी नेपाल
१८ कार्तिक २०७७ १७:४८

काठमाडौं । उपत्यकामा १९ हजार १४६ सहित देशभर हाल ३७ हजार ४७६ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४६८ सहित देशभर ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १४६८ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ तथ्यांक:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *