सक्रिय कोरोना संक्रमित घटे

डिसी नेपाल
१९ कार्तिक २०७७ ६:३९

काठमाडौं। देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३ सय ७२ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

मंगलबार ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन् ।

यस्तै, प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८ सय ६५, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ४ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ८२ जना आईसीयू र ३९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आईसीयू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *