नेपाली साहित्यकार डा रवीन्द्र समिरको लघु कथा म्यानमारको पाठ्यपुस्तकमा समावेस
काठमाडौं। नेपाली साहित्यकार डा. रवीन्द्र समिरको लघुकथा ‘नयाँ कथा’ म्यानमारको पाठ्यपुस्तकमा समावेस भएको छ। म्यानमारको कक्षा ७ मा बढाइ हुने नेपाली भाषा विषयमा सो कथा समावेस गरिएको डा. रवीन्द्र समिरले बताए।
कथा वैदेशिक रोजगारीका विषयमा रहेको छ। यो कथा २०७२ मा प्रकाशित लघुकथा संग्रह एकलव्य दृष्टिमा समावेस छ। डा. रवीन्द्र पेशाले चिकित्सक हुन्। उनले दर्जनौ लघुकथा लेखिसकेका छन्।
चिकित्सक पेशामा रहेका उनको वास्ताविक नाम रवीन्द्र पाण्डे हो। तर, साहित्यमा उनी रवीन्द्र समिरका नामले चर्चित छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment