विश्वमा कोरोना : संक्रमितको संख्या बढ्दो क्रममा, २४ घण्टामा थपिए ५ लाख ६८ हजार बढी

डिसी नेपाल
२० कार्तिक २०७७ ७:१५

काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको दर दिनदिनै बढ्दो क्रममा छ। गत २४ घण्टामा पनि विश्वभरीमा ५ लाख ६८ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ८४ लाख ११ हजार ९ सय बढिरहेको छ। कोरोनाबाट विश्वभरमा १२ लाख ३० हजार १ सय बढीले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र कोरोनाबाट ९ हजार बढीको मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ। तथ्यांकका अनुसार विश्वभरबाट हालसम्म ३ करोड ४६ लाख ५६ हजार ९ सय बढीले कोरोनासँगको लडाईमा विजयी प्राप्त गरेका छन्।

अमेरिकामा गत २४ घण्टामा १ लाख बढी कोरोनाका संक्रमित थपिएसँग अमेरिकामा संक्रमितको संख्या १ करोड नजिक पुगेको छ। हालसम्मको तथ्यांक अनुसार यो संख्या ९७ लाख ९९ हजार ६१ रहेको छ। गत २४ घण्टामा मात्र अमेरिकामा १ लाख ६ हजार ९५ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्।

यस्तै भारतमा पनि गत २४ घण्टामा आधालाख कोरोनाका संक्रमितहरु थपिएका छन्। थपिएका ५० हजार ४ सय ६५ संक्रमितसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८३ लाख ६३ हजार ५ सय पुगेको छ। भारतमा हालसम्म १ लाख २४ हजार बढीले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा कोरोनाका कारण ७ सय बढीको मृत्यु भएको छ।

केहीदिन यता सक्रिय संक्रमितको संख्यामा उकालो लागेको फ्रान्समा गत २४ घण्टामा ४० हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ लाख ४३ हजार ३ सय बढी रहेको छ। फ्रान्समा हालसम्म ३८ हजार ६ सयको कोरोनाका कारण ज्यान गएको छ। भने, १३ लाख ८१ हजार ९ सय बढी सक्रिय संक्रमितहरुरहेका छन्।

कुनै बेला शून्य संक्रमित भएको इटालीमा पुन संक्रमितको संख्या बढ्न थालेको छ। गत २४ घण्टामा इटालीमा ३० हजार ५ सय ५० बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। योसँगै इटालीमा संक्रमित हुनेको संख्या ७ लाख ९० हजार बढिरहेको छ। यस्तै, यूके र स्पेनमा गत २४ घण्टामा २५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। पोल्याण्डमा २४ हजार र ब्राजिलमा २३ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएको तथ्यांकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *