नरवणेको नेपाल भ्रमणको दोस्रो दिन, मानार्थ महारथीकाे दर्ज्यानी चिन्ह प्रदान गरिँदै

डिसी नेपाल
२० कार्तिक २०७७ ९:१४

काठमाडौं नेपालको तीन दिवसीय भ्रमणका बुधबार काठमाडौं उत्रिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ।  बुधबार काठमाडौं आइपुगेका सेनाध्यक्ष नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन र पशुपतिनाथको दर्शन गरेका थिए।

सेनाध्यक्ष नरवणेले आज बिहान ११ बजेर २५ मिनेटदेखि १२ बजेर १० मिनेटसम्म नेपाली सेनालाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मेडिकल उपकरण हस्तान्तरको कार्यक्रम रहेको छ भने साढे १२ बजे भारतीय दूतावासमा लञ्च गर्ने कार्यक्रम छ।

दिउँसो ३ बजेर ४० मिनेटमा उनी राष्ट्रपति भवन पुग्ने कार्यक्रम छ भने ४ बजेदेखि ५ बजेसम्म शितल निवासमा नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

राष्ट्रपतिबाट मानार्थ महारथीकाे उपाधि लिएपछि नरवणे नेपाली सेनाको मुख्यालय जानेछन्।। राति साढे ९ बजेसम्म प्रधानसेनापति पूर्ण चन्द्र थापाको आयोजनामा हुने रात्रीभोजमा सहभागी भइ होटल सोल्टी फर्किने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *