कर्मचारीले दिए आविष्कार केन्द्रलाई एक लाख २७ हजार

डिसी नेपाल
२० कार्तिक २०७७ ११:४६
4
Shares

बलेवा । दुर्गम गाउँमा काम गर्दाका समस्या आ–आफ्नै छन् । स्रोत साधन हुने हो भने दुर्गमका बस्तीको विकासमा पनि परिवर्तनको आभाष गर्न सकिन्छ भन्ने बुझेका छन् जिल्लाको ताराखोला गाउँपालिकाका कर्मचारीहरु।

गाउँमा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता आधारभूत तहको मात्रै छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा थप विकास होस् भन्ने उद्देश्यले टेलिमेडिसिन सेवा खोज्दै जाँदा यहाँका कर्मचारी राष्ट्रिय आविष्कार केन्द्र पुगे। आफ्ना समस्या लिएर केन्द्रमा पुगेका कर्मचारीले केन्द्रका संयोजक महावीर पुनलाई भेटेर आफ्ना समस्याको विषयमा त जानकारी गराए तर राष्ट्रिय आविष्कार केन्द्रले भोगिरहेको समस्यामा पनि उनीहरुको आँखा प¥यो।

लामो समयदेखि नेपालमै आविष्कारको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएको यो केन्द्रले आर्थिक समस्यासँग जुधिरहेको छ । निश्चित स्रोत नभएकाले दाताको सहयोग र स्वस्फुर्त आविष्कारमा सहभागी विज्ञहरुको भरमा रहेको आविष्कार केन्द्रलाई कर्मचारीको तर्फबाट सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए। टेलिमेडिसिन सेवाको विषयमा बुझ्न केन्द्र पुगेर फर्किएको टोलीले गाउँपालिकाका कर्मचारीको बीचमा सल्लाह गरेर स्वस्फुर्त सहयोग सङ्कलन अभियाननै चल्यो।

“कसैलाई करकाप गरेनौँ, सबैले सहयोग गर्नुभयो”, शर्मा भने, “थोरै भए पनि स्वदेशमै हुने आविष्कारमा सहभागी हुनु हाम्रो पनि दायीत्व हो । गाउँपालिकामा कार्यरत कर्मचारीले सङ्कलन गरेको रु एक लाख २७ हजार १११ आविष्कार केन्द्रलाई एकमुष्ट रुपमा प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई उक्त रकम बुधबार हस्तान्त्रण गरेका हुन्।

“हामी अपेक्षा बोकेर केन्द्रमा पुग्दा त्यहाँको समस्याले हामीलाई पोल्यो”, शर्माले भने, “सबैले सहयोग गरे आविष्कार केन्द्रले केही गर्न सक्छ ।” आविष्कार केन्द्रले नयाँनयाँ र मौलिक आविष्कार गरेर देश विकासमा टेवा पुगोओस् भन्ने सुभेच्छा राखेर सबै कर्मचारीको तर्फबाट सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। गाउँ कार्यपालिकाको कार्यालय, विषयगत कार्यालय र वडा कार्यालयमा समेत कार्यरत स्थायी, अस्थायी र करारका कर्मचारी गरी ५८ जनाले स्वस्फुर्त सहयोग गरेका थिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *