एकाघरका दाजुभाइ मृत अवस्थामा फेला

डिसी नेपाल
२० कार्तिक २०७७ १२:२६

काठमाडौंं। नवलपरासी बर्दघाट पुर्व नवलपुर जिल्लाको गैडाकोटस्थित एकाघरका दाजुभाइ २६ बर्षीय विजय पौडेल र २१ बर्षीय संगम पौडेल मृत अवस्थामा फेला परेका छन्। सोमबारदेखि हराइरहेका पौडेल दाजुभाइको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ।

उनीहरको शव बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको त्यसविषयमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लकाले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको अनुसन्धान शुरु गरेको एसपी मल्लले बताए। दुबै शव पोष्टमार्टमका लागि पठाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी  प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए। उनका अनुसार बाँधको छेउमा दुबैका लुगा र चप्पल पनि फेला परेका छन्।

एसपी मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो। दुई दिनदेखि हराइरहेका उनीहरूको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको एसपी मल्लले बताए।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो। ‘उनीहरुको शवलाई पोष्टमार्टमको लागि पठाइएको छ त्यसको रिपोर्ट आएपछि मात्रै के भएको हो भन्न सकिन्छ अहिले हामी आफ्नै तरीकाले अनुसन्धान शुरु गरेका छौ,’ एसपी मल्लले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *