जुवा खेल्ने सात जना पक्राउ
फाइल फाेटाे
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ। जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन्।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिए। पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने उनले बताए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment