‘बलात्कारीको लिंग हुँदैन’ (फोटोफिचर)

धनकुमार कार्की
२२ कार्तिक २०७७ १७:१५
672
Shares

काठमाडौँ। ‘अझै कति सहने ?’ अभियानले देशमा बढिरहेको बलात्कारका घटनाहरुको विरोधमा प्रदर्शन गरेको छ। ‘अझै कति सहने ?’ फेसबुक पेजमा आबद्ध अभियन्ताहरूले शनिबार माइतीघर मण्डलामा बलात्कारविरूद्ध कालो पहिरनसहित आँखामा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरे।
उनीहरूले बलात्कारविरूद्ध गीत गाए। सबैले ‘नो मिन्स नो’, ‘घरभित्रै होसियार’, ‘प्रणालीमै छ बलात्कार’, ‘बलात्कारीको लिंग हँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए।  बलात्कारीहरूलाई मृत्युदण्ड दिएर बलात्कारका घटना अन्त्य नहुने उनीहरुले बताएका छन्। बलात्कारीहरूलाई मृत्युदण्ड नभई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ। बलात्कारका घटना बढीरहँदा सरकारले चासो नदेखाएको भन्दै त्यसका बिरुद्धमा उनीहरुले ‘फ्ल्यास मब’ समेत प्रदर्शन गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *