देशमा व्यवसायीक वातावरण बनाउनु मुख्य एजेण्डा : ढकाल

डिसी नेपाल
२३ कार्तिक २०७७ १९:००

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले देशमा व्यवसायिक वातावरण बनाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्। चुनावी प्रचारप्रसारका लागि बुटवलमा चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छन्, त्यसका लागि म हरहिसाबले सक्षम र दाबेदार छु।’

आफुले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताए।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

महासंघको निर्वाचनसहितको ५४ औं वार्षिक साधारणसभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ।

गत चैत्रमा तोकिएको साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने ब्यवस्था छ। सोहि व्यवस्था अनुसार वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन ्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा भने किशोर प्रधान र ढकाल चुनावी मैदानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *