नेकपा संटक : पाँच जना नेता अब के गर्लान्?

डिसी नेपाल
२४ कार्तिक २०७७ ७:५१

काठमाडौं । नेकपा यतिबेला संकटमा छ । नेकपाका दुवै समूह साँच्चिकै अडानमा रहने हो भने पार्टी भयानक संकटमा पर्ने निश्चित छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै एकीकृत देखिएका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमको समूहले सचिवालय बैठक बोलाउन माग गरेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गर्दै आएका छन्।

ओली आफूले जे गरिरहेको छु त्यो ठीक भन्ने र बाँकीले गरेका कामहरुलाई अस्वीकार गर्दै आउँदा पार्टी संकटमा पर्दै गएको छ। प्रधानमन्त्री ओली सचिवालय, स्थायी कमिटी र केन्दीय कमिटी बैठकका लागि तयार नभए क्रमशः तीनै तहका बहुमत सदस्यको औपचारिक बैठक बोलाउने कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको तयारी छ। तर कुनै पनि कमिटीको औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु बन्ने ओलीले चेतावनी दिएका छन्।

यसरी न थर्काउँदै आफ्नो कार्यकाल ओलीले लम्ब्याउँदै गइरहेका छन् । उनले आफूले राजीनामा नदिने र आफ्नाविरुद्ध हने षड्यन्त्र परास्त गर्न बताइसकेका छन्। त्यसैले पनि एक पक्ष पछि हट्नु पर्नेछ। आली पछाडि नहट्ने र गल्ती गरिरहने अनि अर्को पक्षले त्याग गरिरहने भन्ने पनि हैन।

तर भइरहेको त्यस्तै छ। प्रचण्ड निकै पटक बालवाटार धाए। तर हात लाग्योे शून्य। केही पाइन्छ कि भनी बालुााटार धाउँदा पनि उनी हेपिएकै हुन्। पटकपटक उनले आफ्नो हैसियत बिर्सिएकै हुन्। प्रचण्ड र नेपाल समूहलेसचिवालय बठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए बहमतीय विधिबाट अघि बढ््ने सन्देशे भने दिइसकेका छन्।

र पनि उनीहरुले आपचारिकता खोजे। त्यसकै लागि शुक्रबार अनापचारिक बैठक बसे। शनिबार फेरि छलफलमा जुटे र मध्यान्ह ओलीलाई सचिवालय बठक बोलाउने लगायतका मागे राख्द पत्रै बुझाए। सचिवालयका नेतामध्ये प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँच भाइले बुझाएको पत्रलार्य ओलीले वास्ता गरेनन्।

ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरका छन्। सामूहिक रुपमा पाँँचै भाइल औपचारिकताका लागि स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलका माग गर्दै पत्र बुझाएका हुन्।

तर आलीले बेवास्ता गरे। पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको प्रवक्ता श्रेष्ठले बताइरहँदा ओली र पत्र बझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण अवस्था सृजना भएको आजको जनभावना साप्ताहिकले खबर लेखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *