विभिन्न ठाउँमा भएकाे सवारी दुर्घटनामा ४ जनाकाे मृत्यु

डिसी नेपाल
२४ कार्तिक २०७७ १३:३०

काठमाडौं । विभिन्न ठाउँमा भएको दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार महोत्तरी १, चितवन १, पर्सा १ र कास्कीमा १ गरी ५ जनाको मृत्यु भएको हो।

्महोत्तरीको गौशालामा बीआरु ३० ऐक्स ९२३२ नम्बरको भारतीय मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ४५ वर्षीया छट्टु मुखियाको मृत्यु भएको हो। फरार मोटरसकाइकलको खोजि भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, पर्साको वीरगंज महानगरपालिकामा लु ३ त ६४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको थियो। प्रहरीले दिएको जानकारी अनुसार आइतबार दिउसो भएको दुर्घटनामा बहुदरमाई नगरपालिका ३ पदमौलबस्ने विवेक कुमार यादवको मृत्यु भएको हो। उनलाई ट्याक्टरको इन्जिनले च्यापेको थियो।

भरतपुर महानगरपालिका ५ पन्चरत्न चितवनमा ना. १५ प ७७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय तुलाराम भुषालको आइतबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, पोखरा महानगरपालिका चाउथेस्थित सडकमा नम्बरको नखुलेको बसले ना.४१ प ५४१७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका १३ बस्ने ३४ वर्षीय बिश्‍वास देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ। फरार बस चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *