क्यामेरामा कैद मनै लोभ्याउने रानीपोखरीको सौन्दर्य (फोटोफिचर)

एसके शर्मा
२५ कार्तिक २०७७ ७:००
164
Shares

काठमाडौं। प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित रानीपोखरीको सौन्दर्य पुनःनिर्माणपछि लोभलाग्दो देखिएको छ। आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ईसं १६६५मा निर्माण गरेको यो मन्दिर २०७२ सालको वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरी कार्तिक २४ गते राष्ट्रपति र प्रधानमन्त्रीद्वारा उक्त पोखरीको उदघाटन गरिएको थियो। पुरानै स्वरुप पाएपछि रानीपोखरीको सौन्दर्य अहिले लोभलाग्दो भएको छ। प्रस्तुत छ डिसी नेपालको क्यामेरामा कैद गरिएको रानीपोखरीको यो सौन्दर्य।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *