बलात्कार गरी हत्या गरिएकी सम्झानाको परिवारलाई पाँच लाख
काठमाडौं। सरकारले बलात्कारपछि हत्या गरिएकी बझाङकी बालिका सम्झाना बिकको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो।
गृहमन्त्रालयको प्रस्तावमा यो निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
सम्झानाको स्थानीय युवकले बलात्कारपछि हत्या गरेका थिए। हत्या आरोपी हाल पुर्पक्षका लागि थुनामा छन्। सम्झानाको असोज पहिला साता हत्या भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment