बिहार चुनाव : मतगणना सकिनै लाग्दा नीतीश–तेजस्वी कडा टक्टर

डिसी नेपाल
२५ कार्तिक २०७७ २१:२१

नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहार विधान सभा निर्वाचनको मतगणना अन्तिमतिर आउँदा मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा रहेको सत्तारुढ एनडीए र तेजस्वी यादव नेतृत्वको विपक्षी महागठबन्धनबीचको प्रतिष्र्धा निकै कडा देखिएको छ।

यो समाचार तयार पार्दासम्म २४३ सिट मध्ये ८२ सिटको अन्तिम मतपरिणाम आएको छ। एनडीएले ४द्ध सिट जितेको छ भने महागठबन्धनले ३८ सिट जितेको छ। यतिबेला एनडीए १२३ सिटममा अगाडि छ भने महागठबन्धन ११३ सिटमा अगाडि छ। सरकार बनाउन १२२ सिट आवश्यक पर्छ।

मत गणना शुरु हुँदा मंगलबार बिहान शुरुआती रुझानमा महागठबन्धनले अग्रता बनाएको थियो भने मध्ये दिनमा एनडीए बहुमतभन्दा निकै अगाडि पुगेको थियो। तर, साँझ पर्न थालेपछि फेरि महागठबन्धनले कमब्याक गरेको छ।

केही सिटमहरुमा नेक टू नेक प्रतिष्पर्धा भएकाले अग्रताको अंक परिवर्तन भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अन्तिम परिणाम नआउँदासम्म कसले बहुमत ल्याउँछ भन्ने ढुक्क हुन नसकिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *