नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

डिसी नेपाल
२६ कार्तिक २०७७ १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ सय ६६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १७४ पुगेको छ। यस्तै हालसम्म एक हजार १०९ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *