‘टेलिमेडिसन’ लाई वीर अस्पताल

डिसी नेपाल
२६ कार्तिक २०७७ १८:५०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय सात अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।

“दुर्गम क्षेत्रका चिकित्सकलाई सङ्क्रमितको उपचार गर्न सहयोग पु¥याउन टेलिमेडिसिन सेवा शुरु गरिएको हो”, उनले भने,“ दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति ९फोकल पर्सन० चिकित्सकलाई फोन, एसएमएस र इमेलमार्फत परामर्श लिनसक्ने छन ।”

मन्त्रालयले केन्द्रमा एक र सातवटै प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन तोकेको छ । उनका अनुसार ती अस्पतालका १६ चिकित्सलाई परामर्शका लागि फोकल पर्सन तोकिएको हो ।

प्रदेश भित्रका अस्पतालका चिकित्सकले प्रदेशस्तरिय अस्पतालका फोकल पर्सन तोकिएका चिकित्सकसँग र प्रदेशस्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्ने छन ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *