कतारका राजकुमारले गरे आमादब्लमको सफल आरोहण

डिसी नेपाल
२७ कार्तिक २०७७ ६:४२

काठमाडौं। कोरोना भाइरस महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन्।

गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको हो।

कोरोना महामारीका बीच आमादब्लम हिमालको सफल आरोहण गरी अन्तर्राष्ट्रिय जगत्मै नेपालको पर्यटन प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलिदिएको उनको आरोहण व्यस्थापनमा सहभागी हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।

कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियन आरोहीका प्रतिनिधि गत दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । सो आरोहण दलमा कतारका राजकुमार अब्दुल्लाहसहित अमेरिकी, क्यानेडियन र स्वदेशी गरी १४ जना सहभागी थिए ।

यसअघि बहराइनका राजकुमार पनि नेपालका विभिन्न क्षेत्रको पदयात्रा भ्रमण गरी स्वदेश फर्किएका थिए । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार अब्दुल्लाह गत दसैंको बेला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका थिए ।

राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली कात्तिकको पहिलो साता आमादब्लम हिमालको आधार शिविर पुगेको थियो ।अब्दुल्लाह सहभागी आरोहण टोलीले विश्वको सुन्दर भएर पनि आरोहणका लागि अत्यधिक कठिन मानिने आमादब्लम हिमाल आरोहण गर्नु निकै साहसी काम भएको सरोकारवालाहरू एवं आरोहीहरूको भनाइ छ ।

हिमालयन गाइडस नेपालका प्रबन्ध निर्देशक पौडेलले भने, ‘अहिलेको अवस्थामा सफल भएको यो आरोहण नेपालको पर्यटन प्रवद्र्धनका लागि एकदमै उपलब्धिमूलक र फलदायी भएको छ ।’

सोलुखुम्बुमा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले गत २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले गत १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *