बिहीबार विहान कलंकीमा दुर्घटना तीन जनाको मृत्यु
फाईल तस्बिर
काठमाडौं। रोकिराखेको ट्रकमा अर्को एक ट्रकले ठक्करदिँदा काठमाडौंको कलंकीमा ३ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।
कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोही कुखुरा बोक्ने ट्रकमा रहेका तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना घाइते भएका छन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिल बोहोराका अनुसार सो दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको हो
उनका अनुसार दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिएर राखिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment