लेख्छु भनेर लेखिँदैन, कविता त रनन… देउता चढेजस्तो आउँछ : श्रवण मुकारुङ – Dcnepal

लेख्छु भनेर लेखिँदैन, कविता त रनन… देउता चढेजस्तो आउँछ : श्रवण मुकारुङ

‘भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ …’ कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत २०४७/४८ सालमा लेखिएको हो। रचियता श्रवण मुकारुङले यो गीतमा आफ्ना शब्द खर्चिनु भएको थियो। करिव ३० वर्ष पुरानो यो गीत नेपाली गीत संगीतका श्रोताहरुमाझ अझै पनि कर्णप्रिय नै छ। उत्तिकै कालजयी पनि।

नेपालको संस्कृति, भूगोल र गुराँसका फूललाई प्रतिकात्मक माया प्रेममा परेका युवायुवतीको यो चरित्रलाई कवि मुकारुङले काठमाडौंमै बसेर लेखेको बताउँछन्। उनी आफूलाई यस गीतभित्र भएको माया प्रीतीको पात्र सम्झदैनन् तर, आफूले केटीको तर्फबाट तामाङ केटोलाई हिरो बनाएर लेखेको गीतले प्रफूल्लित बनाएको बताउँछन्।

नेपाली कविताको जगतमा ‘विसे नगर्चीको बयान’कविताले धेरै उचाईँमा पुर्‍याएका श्रष्टा मुकारुङका अन्य कविता र गीतहरु पनि त्यतिकै ओजस्वी छन्। डिसी नेपालले उन्को कविता यात्राका बारेमा गरेको भलाकुसारी याहाँ प्रस्तुत छ।

दिनहरु कसरी वित्दै छन् ?

कोरोनाले साह्रै गाह्रो बनाएको छ। हुन त म मात्र हैन, संसार नै मर्कामा परेको छ। तैपनि आफ्नो नियमित कामहरुमा कोरोना बाधक बन्दा धेरै आनन्द महशुस भएको छैन।

धेरै कविता लेख्नु भएको छ । पहिलो कविताको परिकल्पना कसरी गर्नु भएको थियो ? पहिलो पटक मनमा कविताका हरफहरु गुथ्ने र त्यसलाई कागजमा उतार्ने काम गर्दा तपाईको मन, मस्तिष्क र विचारले कसरी समन्वय गरेको थियो ? बताइदिनुस न।

मैले पहिलो कविता चाहिँ गाउँमा हाइस्कुलमा पढ्दै लेखेहुँला जस्तो लाग्छ। अहिले मैले यही कविता लेखेको हो भन्ने कुरा स्मरणमा तर रहेन । करिव ८/९ कक्षा पढ्ने बेला २०३६/३७ सालतिर लेखेको हुँ।

मैले त्यो बेलामा गोपाल प्रसाद रिमालको आमाको सपना कविता पढेको थिए। सायद त्यसैको नक्कल गरेँहुला झै लाग्छ। प्रत्येक कवीको कविता यात्रा अनुकरणबाट सुरु हुने हुँदा म पनि त्यही बाटोबाट आफ्नो कविता यात्रा सुरु गरे जस्तो लाग्छ।

भूपि शेरचनको कविता, वैरागी काइँलाको कविता, कृष्ण भुषणको कविताको नक्कलबाट मेरो कविता यात्रा सुरु भयो। मैले सम्झेको पहिलो कविता म काठमाडौं आइसकेपछि पारिजात प्रमुख अतिथि भएको प्रतिभा प्रवाह भन्ने कार्यक्रममा मैले सुनाएको थिएँ।

आजकाल रानीपोखरीमा भन्ने कविता सुनाएको थिएँ। प्रशंसा पनि पाएँ। पारिजात दिदीले मलाई नयाँ कविजस्तो लागेन भन्नु भयो। मेरो कविता पनि उहाँले नै लानु भयो। कवितामा धारणा बनाउने भएपछि भूपी शेरचनको घण्टाघर भन्ने कवितासँग प्रभावित भएको पाएँ।

सुरुमा कविता एउटा सपनाले लेखाउँछ। मान्छे एउटा उद्देश्य र सपना बोक्छ । भावना र इमोसनले कविता लेख्ने हो। कवीहरुले अरुको अनुकरणबाट सुरुवात गरेर जति वयस्क हुँदै जान्छ उसले आफ्नो बाटो बनाउँदै जान्छ। मेरो यात्रा पनि यही हो।

विसे नगर्चीको जीवनीमा आधारित भएर कविता लेख्दा शुरुवात कहाँबाट गर्नु भयो ? उनको जीवनीलाई कवितामा ढाल्दा कुनकुन कुरा जीवनीबाट र कुनकुन कुरा कल्पना गरेर थप्नु भएको हो ? कविताको केही हरफहरु उल्लेख गरेर नै बताइदिनुस न?

यो कविता २०६२/०६३ को जनआन्दोलमा लेखिएको हो। जनआन्दोलनको मेन थिम नै के हो त भन्दा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना भनेपछि सम्पूर्ण इच्छा र आकांक्षा रहने त भयो नै। यहाँ विसे नगर्चीलाई एउटा चरित्रको रुपमा प्रस्तुत गरिएको छ। पृथ्वी नारायण शाहलाई सल्लाह दिने सल्लाहकार थिए। यो कविता विषेश गरी समानताका लागि लेखिएको हो।

यो कवितामा कल्पना कम छ। यो पृथ्वी नारायण शाहको सल्लाहकार जस्तो मान्छेको जातिलाई अहिलेको नेपालको अवस्था कस्तो छ। राजतन्त्रले यी पात्रलाई कसरी न्याय दिएको छ। यस्तो विभेद चाहिँदैन, अथवा राजतन्त्रले न्याय दिन सक्दैन। गणतन्त्र ल्याउनु पर्छ भन्ने थिममा लेखिएको हो।

म यो गोर्खा राज्यमा
अढाई सय वर्षपछि बौलाए
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकासतिर
आकास जमिनतिर भइरहेछ
आँखा तिरमिर तिरमिर भएर
हजुरको शिर १० वटा देखिरहेछु
खोइ मेरो पैतलाकहाँ निर छ
कहाँ निर छ विसे नगर्ची ?
मालिक ! म बौलाएँ

 

कल्पना यही पनि देख्न पाइन्छ। राजाको १० वटा टाउको देख्छ विसे नगर्चीले। आखाँ तिरमिराएर यो देखिएको पाइएको छ। त्यस कारण कविता भनेको कल्पना इतिहास, यथार्थ र तत्कालीन परिवेहरुको योग, कविको कल्पनाशीलता योगबाट बन्ने चिज हो। एउटा मूर्तिकारले राम्रो मूर्ति बनाएजस्तै एउटा कविले राम्रो कविता बनाउँछ।

 

म पशुपति घुम्न गएको थिएँ। शिलाबहादुर दाई र कुन्ती दिदीसँग भेट भयो। कुन्ती दिदीले स्कुटी रोकेर खै हामीलाई गीत नदिने भाई भन्नु भयो। मैले कागजमा पनि लेखेको थिएन। सायद कुनै अरु नै कागजमा थियो। मैले दिदीलाई दिए। दिदीले लिएर जानु भयो मैले विर्से। उहाँले रेकर्ड गर्नु भएछ। मैले त गीत रेडियोमा बज्दा हो कि टेलिभिजनमा बजेको सुनेर आफूले गीत दिएको थिएँ भन्ने सम्झना आयो।

माथिमाथि सैलुङ्गेमा … को रचना समेत गर्नु भयो । यसभित्र कल्पनाशील भएर डुबुल्की मार्दा कतै यहाँको जन्मभूमितिरका कुनै मायाप्रितिको घटनाको स्मरणलाई सिंगार्नु भएको हो कि भन्ने पनि लाग्छ । यसको सृजना कुन सन्दर्भमा भएको हो?

यो गीत मैले काठमाडौं आइसकेपछि लेखेको हो। करिव २०४७/४८ सालमा लेखेको हुँ। म मेरो व्यक्तिगत माया प्रेममा परेर लेखेको पनि हैन। मेरो आफू स्वयमको कुनै माया प्रेमको ‘अट्याचमेन्ट’ छैन। एउटा हारजीत कविता लेखेपछि मलाई म भित्र केही छ जस्तो लाग्यो। अब एउटा गीत पनि लेखौं न त भनेर मैले लेखेको हो।

म पशुपति घुम्न गएको थिएँ। शिलाबहादुर दाई र कुन्ती दिदीसँग भेट भयो। कुन्ती दिदीले स्कुटी रोकेर खै हामीलाई गीत नदिने भाई भन्नु भयो। मैले कागजमा पनि लेखेको थिएन। सायद कुनै अरु नै कागजमा थियो। मैले दिदीलाई दिए। दिदीले लिएर जानु भयो मैले विर्से। उहाँले रेकर्ड गर्नु भएछ। मैले त गीत रेडियोमा बज्दा हो कि टेलिभिजनमा बजेको सुनेर आफूले गीत दिएको थिएँ भन्ने सम्झना आयो।

काठमाडौंमा बसेर गाउँको गीत लेखेको थिएँ यो। मैले यससमा स्मृति तत्व बढी खेलाएको छु। गाउँको सैलुङडाडा, त्यहाँ चौरी चराउनेको कथा, गीतभित्र एउटा तामाङ केटो हिरो छ। अरु कुनै समुदायको केटीले सम्बोधन गरेकी छन्।

डाडाँमा चौरी चराउने तामाङ केटोलाई आफ्नो हिरो बनाउन चाहन्छिन। यो सांस्कृतिक गीत पनि हो। नेपाली गीतमा यो गीतले ट्रेण्ड चेन्ज गरेको गीत हो। फरक किसिमको गीत भएकाले यसले मलाई परिचयका लागि अभाव भएन।

आजको दिनसम्म पनि यो गीतले मेरो परिचयलाई बलियो बनाउँदै लगेको छ। म जहाँ जाँदा पनि माथिमाथि सैलुङ्गेमा चौरी डुलाउनेलाई गीत सुन्नु भएको छ भन्दा सबैले खुसीहुँदै सुनेको छु भन्छन्। हो त्यो गीत मैले लेखेको भन्छु। कविता त केही बौद्धिक व्यक्तित्वले मात्र पढ्न र बुझ्न सक्छनझै लाग्छ। गीत त सबैले सुन्छन पनि बुझ्छन पनि। अझ यो गीतमा तामाङ सेलोको बिटको संगीत भएका कारण पनि सुन्दर लाग्छ।

कविता बाचन गर्नेहरुलाई हास्य श्रृखलामा सन्तोष पन्तले कविहरुले कविता जो मानिस भेट्यो उसलाई सुनाउँदै हिड्दा मानिसहरु कविता सुनाउँछ कि भन्ने डरले कविको अगाडि नै नपर्ने गरेर अभिनय गरेका थिए । यस्तो क्यारिकेचरले कविहरुको मनमा के खेल्छ?

कविहरु श्रष्टा हुन्। सृजनाकारहरु हुन्। उनीहरुलाई आफूले रचना गरीसकेपछि अरुलाई सुनाउँ। कस्तो प्रतिक्रिया आउला। मन पराउलान नपराउलान भन्ने जो कोही श्रष्टालाई हुन्छ। गायकले गाएको गीत, भाँडा बनाउनेले, घर बनाउनेले तथा कुनै पनि शिल्प भएको मान्छेले आफूले बनाएको चीज अरुलाई देखाएर, सुनाएर त्यसको प्रतिक्रिया लिने अपेक्षा राख्छ नै।

पत्रकारले पनि त आफूले गरेको रिपोर्टिङ कस्तो भयो होला भनेर अरुलाई सुनाउँछन् हैन। (हाहाहा) कविहरुलाई मात्रहुने कुरा हैन्। आम मानिसले बुझ्ने भाषामा कविता लेखिएको हुँदैन। त्यो रुपकमा हुन्छ। उपमामा हुन्छ। लाक्षणिक हुन्छ। अभिदात्मक हुन्छ। त्यसले गर्दा सिधै सामान्य मान्छेले त्यो बुझ्दैन।

तिमी जुनजस्ती भन्नासाथ एउटा रुपक र उपमा आउँदा साधारण मान्छेले त मान्छे पनि कहिँ जुन हुन्छ र ? भन्न थाल्छन्। कविताको विशेष भाषा हुने हुनाले आम मानिसमा त्यो रुचिकर विषय हुदैन। कवितामा प्रयोग भएको भाषा थाहा पाए पो रुचि जाग्ने हो। कवितामा प्रवेश गर्नको लागि कविताको भाषा बुझ्न जरुरी छ। जुन समयमा यो सिरियल आयो। त्यो बेलामा कविहरुले आफूलाई अभिव्यक्त गर्ने स्पेस थोरै थियो। पत्रिकाहरु साह्रै कम थिए। एउटा कविता छाप्न ६ महिना कुर्नु पथ्र्यो। मञ्चहरु कम हुन्थे।

कविताहरु विषेश मुडमा सुन्ने भएकाले पनि मानिस कुन मुडमा छ भन्ने कुरा ख्याल नगरेको पनि होला। उहाँ (सन्तोष पन्त)का पनि साथिहरु कविहरु हुनुहुथ्यो । उहाँको मुड नभएको बेला साथीहरुले कविता सुन्न बल गर्नु भयो होला। उहाँलाई त्यो कुरा पाच्य भएन होला अनि ल्याउनु भयो। हास्य व्यंग्य पनि नाट्य विधा भएकाले उहाँले गर्नु भयो। हामीले अहिले बुझ्दा त्यतिबेलाका कविताहरु कमजोर थिए कि? कविता बुझ्ने गरी लेख्नु पर्छ भन्ने सन्देश पनि हो कि? त्यसबारे उहाँलाई नै धेरै थाहा होला।

फिल्डमा गएर अनुसन्धान गर्नेहरु गफ दिनु परेमा कविता हो र घरमै कोठामै बसेर लेख्दा पनि हुन्छ । अनुसन्धान गर्न त फिल्ड जानु पर्दछ फिल्ड भन्ने गर्दछन् । कविता कोर्न पनि त अवलोकन त गर्नै पर्दछ । यहाँले कोरेका कविताहरु मध्ये कस्ता कविताहरु कोठामै घोत्लिएर तयार भए र कस्ता कविताहरु फिल्डमा गएर मात्र लेख्न सम्भव भयो?

फिल्ड भनेको ज्ञानको क्षेत्र हो। ज्ञानको क्षेत्रमा चाहारेपछि मात्र हरेक पेशा तथा व्यवसायमा रहेका व्यक्तिहरुले सही ढंगले काम गर्न सक्छ। एउटा कविले पनि ज्ञानको क्षेत्र चाहारेपछि मात्र राम्रो र मूर्त कविता दिन सक्छ भन्ने नै हो। मलै लेख्ने कविताको सोलुको छ भने सोलुको बारेमा जानकारी त राख्नै पर्छ। सोलुको जानकारी राख्न म सोलु नै जानु पर्छ भन्ने छैन्।

मैले अध्ययन गरेर पनि सोलुको बारेमा जान्न सक्छु । त्यहाँको भूगोल, वस्तुस्थिति, रहनसहन, सम्प्रदाय समग्रमा भनौं सम्पूर्ण ज्ञान भएपछि मैले काठमाडौंमै बसेर कविता लेख्न सक्छु। फिल्डमा गर्नुपर्ने कामको पनि कोठाभित्र बसेर पिएचडी गरिसकेका छन्। यो त्यति महत्वपूर्ण कुरा हो झै लाग्दैन। कविता इतिहास हैन्। यो फरक कुरा हो।

कविताको लागि रिसर्च नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन। कविता कविको भित्री मनबाट निस्किने भएकाले उसलाई फिल्डभन्दा एकान्त बढी चाहिन्छ । त्यसैले कविहरु अरुभन्दा फरक हुन्छन्। सगरमाथा कति फिट छ भनेर तथ्य प्रमाणित गर्नु पर्ने कार्य त हैन कविता, आफ्नो मनको ज्ञानको ज्योति दिने कार्य न हो।

समालोचकलाई हाम्रो देशमा वातावरण छैन भन्छु म त । एउटा प्रोफेसरले २/४ ठाउँमा पढाउनु पर्छ। उहाँहरुको अर्को विकल्प पनि छैन। त्यसैले अध्ययन गर्ने समय पनि मिल्दैन। समालोचक हुन त्यति सजिलो पनि छैन्। गहिरो ढंगले अध्ययन गर्ने, विश्व साहित्य कहाँ छ ? भनेर बुझ्ने समय पनि छैन। त्यसैले समालोचनाको स्थिति कमजोर छ।

लामो अनुभवका आधारमा यहाँले आफै पनि कविताको परिभाषा बनाउनु भएको होला । यहाँको अनुभवले कविता के हो त?

कविता अपरिभाषित हुन्छ। पूर्व पश्चिमका विद्वानहरुले पनि कवितालाई अपरिभाषित छ भन्दै आएका छन्। हरेक नयाँ कविले नयाँ परिभाषा ल्याएर आउँछ हिजोको परिभाषामा बाधिएको कवितालाई उसले भत्काउँछ। र नै ऊ स्थापित हुन्छ। यदि मैले देवकोटाजस्तै लेखेको भए…।

मैले जानेर होस वा नजानेर मैले मेरै पारामा लेखेँ अनि मैले आफूलाई स्थापित गर्न सकेँ। अर्को कुरा कविताले कोही डिप्रेसनमा गएकालाई मुक्त गराउन सक्छ। विरामीलाई निको बनाउन सक्छ। दुःखमा परेकालाई सुखको अनुभूति दिलाउन पनि सक्छ।

त्यसैले पनि कवितालाई एउटै परिभाषामा बाध्न सकिन्छ भन्न मिल्दैन। अपरिभाषित हुन्छ भन्नुको अर्थ पनि यो हो। कविताका विभिन्न परिभाषाहरु हुन्छ। उच्च मानवीय मूल्य निर्माण गर्नको लागि कविता साह्रै ठूलो औजार हो।

लेखिसकिएको कवितालाई परिभाषाभित्र बाँध्न सकिन्छ। तर, अर्को राम्रो कविको उदय त्यही परिभाषा भत्काएर नै हुन्छ। सफल कविले नयाँ परिभाषा नै जन्माउँछ। मेरो बुझाईमा कविता मानिसले व्यक्त गर्ने अन्तिम सत्य हो। कविले आफूले अन्तिम सत्य कुरा बोल्छ भने त्यो कविता हो।

कविता त जसले पनि लेख्छ । छन्दमा कविता लेख्ने पो लेख्ने ? अरु त सबै नकटो न छकटोको कविता लेख्यो कवि भयो भन्ने आरोप लगाउनेलाई के भन्नु हुन्छ?

कविताको इतिहास, कविताको गती, आयाम, डायमन्सन नबुझेकाले यो कुरा गर्न सक्छन्। विश्वमा कविताको ट्रेण्ड के छ, कविताहरु कस्ता कस्ता छन भन्नेहरुले भन्ने कुरा हो। मुक्तछन्द बुझ्न नसके पनि यस्तो कुरा आउछ जस्तो लाग्छ। अरुले सिद्ध गरको छन्दमा आफूले कविता लेखेर के राम्रो के नराम्रो भन्न नमिल्ने पनि हो की? यदी कसैले आफ्नै नयाँ छन्द बनाउँछन् र उनीहरुले यो कुरा बोल्छन् भने सोच्नु पर्ला। हामीले मुक्त छन्दमा आफ्नो शैली बनाउँछौ।

भूपि शेरचन, वैरागी काइँला, गोपाल प्रसाद रिमालकै तरिकामा हामीले कविता लेखेमा हामी सकिन्छौं। त्यसैले हामीले आफ्नो नयाँ शैली बनाउँछौं। छन्दमा लेख्नेले मैले नयाँ के छन्द बनाए त भनेर सोच्नु पनि पर्छ। पूर्वी शास्त्रीय छन्दलाई माधव घिमिलेरे नेपालीलोक शैलीमा ढाल्नु भयो। नेपाली करण गर्नु भयो। कुनै पनि संस्कृतको गन्ध आउँदैन। गाउँमा गाइरहेको टिपिकल लोकगीत सुनेजस्तो लाग्छ। त्यसैले उहाँलाई मान्छौं हामीले। छन्दलाई मात्र कविता ठान्नु स्वयमको अज्ञानता हो।

प्रायःकविहरुको घरजममा केही खटपट हुन्छ भन्ने गरिन्छ । कवितामा इज्जत सम्मान, दोसल्ला, माला प्रशस्त पाइन्छ । नगद नारायण त पाउनै मुश्किल भन्ने आम धारणा छ । यसमा यहाँको अनुभव के छ?

यसलाई धेरै गम्भिरताका साथ लिइराख्नु पर्ने आवश्यक्ता छैन। पाठक कम भएका कारण हाम्रो देशमा किताब विक्री कम हुन्छ। आफूले गरेको कामको मूल्य नपाए दुःख पाइन्छ। स्वभाविक नै हो। सबैले आफूले गरेको कर्मको फलको अपेक्षा गरेका हुन्छ। जस्तै किसानको धान खेती नफल्नु पनि यसको उदाहरण मान्नु पर्छ।

कविहरु भनेको आफ्नै पारामा हुन्छन्। उनीहरु आफूलाई समाज र परिवार भन्दा फरक राखेका हुन्छन्। कवि भन्नु त पागलपन पनि हो। कविताका हरफहरुलाई मात्र ध्यानमा राखेको हुनाले उको घर प्रति ध्यान कम हुन्छ। आर्थिक अभाव हुन्छ। घरमा पुरै लाग्दा आफ्नो साहित्य छुट्छ। साहित्यतर्फ लाग्दा परिवार छुट्छ। पैसा नआउने काम मात्र गरेर हुँदैन। प्रमाणपत्र र दोसल्लाले खान दिँदैन भन्ने पनि अग्रजहरुले सुनाउनु हुथ्यो। उनीहरुले धेरै दुःख पाएका छन्।

पछिल्लो समयमा आएर परिवारले हामीलाई बुझेको छ झै लाग्छ। परिवारले यो कवि हो। यसलाई पढ्न र लेख्न मात्र दिनुपर्छ भन्ने तरिकाले सोचेको पाइन्छ। तर, कविकै हालत सुध्रेको छैन। उपन्यास लेख्नेको हालत भने केही सुध्रिदै गएको छ। उनीहरुले फिल्म लेख्ने, किताव पनि विक्ने, पत्रिकामा पनि लेख्नेले आफूलाई पालेकै छन्। कोरोनाका कारण उहाँहरुलाई कतिको संकटपर्छ हेर्न बाँकी छ। मैले पनि सुरुवातमा साह्रै दुःख पाएको छु। २०६२/६३ ताका सम्म पनि मैले दुःख पाएको थिए।

कविभित्र कविता झिल्को सरी आउँछ। कुनै दृष्यले, घटनाले र कुनै पुस्तक पढिरहदा होस् त्यो बेलामा हाम्रो दिमागमा एक झिल्का जसरी प्रवेश गर्छ। विजुली चम्के झै गरी आउँछ। कतिपय विर्सिन्छन्। नविर्सिनेहरुले दिमागको मेमोरीमा सेभ हुन्छ। र कविले त्यो झिल्कोलाई कविताको रुपमा दिमागभित्र नै आकार दिन थाल्छ। अनि दिमागले त्यसलाई कापीमा लेख भन्छ।

२०६२ सालमा पहिलो एकल कविता बाचन कार्यक्रम यहाँको भएको थियो । त्यो पनि टिकट काटेर मानिसहरु कविता सुन्न आएका थिए भन्दा ठूलो समाचार बनेको थियो । त्यतिखेर कति पैसा पाउनु भयो ? त्यसलाई केमा खर्च गर्नु भयो?

यो बेलासम्म दुःखमा थिएँ। साथीहरुले एकल कविता बाचनको कार्यक्रम राख्नु भयो। टिकट काटेर कविता सुन्नु भयो। मैले त्यो बेला ४० हजार पाएको थिएँ। त्यो बेलाको ४० हजार धेरै थियो। मेरो परिवार पनि त्यसपछि बाँच्दै बाच्दै आएको हो। ताली खाएर पनि ४० हजार पाएको थिएँ। त्यसपछि मलाई धेरै सजिलो भयो। विदेशमा गएर पनि सुनाए। कतार, हङकङ्ग पनि पुगेको थिएँ। मैले त्यतिबेलाको पैसा यही ठाउँमा खर्च गरेँ भन्ने केही छैन्। तर, परिवार पाल्न मलाई सजिलो भयो।

कविता लेखेर वा बाचन गरेर यहाँले ठूलो सम्मान त पाउनु नै भएको छ । तर पैसा कत्तिको पाउनु भयो ? सबैभन्दा बढी पैसा पाएको कविता कुन हो?

विसे नगर्ची को बयानपछि नै मैले स्टेजमा कविता भनेर पैसा पाउन थालेको हो। धेरै पैसा कमाउने नकमाउने जे भन्नु हुन्छ यही कविता हो। २०६२/६३ को जनआन्दोलनपछिबाट नै पैसा पाउन सुरु गरेको हुँ।

धेरैलाई कविता लेख्न मन लाग्छ । तर कुनै कविताको शुरुवात त परिकल्पनाबाट हुन्छ र भूपि शेरचनले आफ्नो बारेमा आफै लेखेको कवितामा भने जस्तै केही कोर्छन, यसो घोत्लिन्छन् । चित्त बुझ्दैन । च्यात्छन्, फ्याल्छन् । फेरि कोर्छन कठैबरा विचरा भूपि शेरचन भनेर लेख्नु भएको छ । यहाँले पनि कविता लेख्दा शुरुदेखि अन्त्यसम्म के के गर्नु हुन्छ? मन भित्र र बाहिर दुबै भनिदिनुस न?

कविभित्र कविता झिल्को सरी आउँछ। कुनै दृष्यले, घटनाले र कुनै पुस्तक पढिरहदा होस् त्यो बेलामा हाम्रो दिमागमा एक झिल्का जसरी प्रवेश गर्छ। विजुली चम्के झै गरी आउँछ। कतिपय विर्सिन्छन्। नविर्सिनेहरुले दिमागको मेमोरीमा सेभ हुन्छ। र कविले त्यो झिल्कोलाई कविताको रुपमा दिमागभित्र नै आकार दिन थाल्छ। अनि दिमागले त्यसलाई कापीमा लेख भन्छ।

भूपीले भनेको प्रकृया दोस्रो तेस्रो प्रक्रिया हो। कापीमा लेखेपछि भाषा मिलाउनु प¥यो। छन्द मिलाउनु प¥यो, ह्रस्र्व दीर्घ सबैकुरा मिलाउनु पर्छ। कतिपय अवस्थामा मिलेन भनेर च्यातेर पनि फालिन्छ। लाईन तलमाथि राख्ने कुरा, बढाउँदै लैजान सकिन्छ कि, अझै छोटो गराउने हो की? लेख्यो भएन भनेर फेरी लेख्यो, पुनः लेख्यो, भएन भनेर फालिदिन पनि सक्नु हुन्छ।

भूपीले भनेको जस्तो प्रक्रिया पनि नआउने हैन। तर, त्यो सुरुमा आउँदैन्। कापीमा लेख्न थालेपछि मात्र त्यस्तो हून्छ। कविता लेख्छु भनेर लेखिदैन। म कविता लेख्नु भनेर बस्नु भयो भने त्यो गन्थन मात्र हुन्छ। कविता त रनन.. देउता चढेजस्तो आउछ। कहाँहो कहाँबाट, अघिपनि भने विजुली चम्केझै गरी झड्का दिनु पर्छ। र यसैले कविताको रुप लिन्छ।

यहाँलाई कवि बन्ने प्रेरणा कहाँबाट आयो?

गाउँकै हाइस्कुलमा पढ्ने बेला सिर्जना पुस्तकालय भन्ने थियो। म त्यहाँ जान्थे र कविहरुको, साहित्यकारको किताब पढ्ने बानी बस्यो। त्यसपछि रस बस्यो। साहित्यकार हुन पाए त? लेखक हुन पाए त? भन्ने कुराले मन भित्र वास बस्न थाल्यो। स्कुलको वातावरण पनि त्यस्तै थियो। नाचगान भइरहने। पढाउने सरहरुले पनि हौसला दिँदै जानु भयो। त्यो स्कुल र गाउँको वातावरणले मलाई यो ठाउँमा आउन अभिप्रेरित गरेको थियो।

योगमाया, षडानन्द जस्ता शिक्षासेवी थिए। त्यसैले भोजपुर शिक्षामा अगाडी नै थियो। त्यो सबै चिजहरुले उत्प्रेरित भएँ। अग्रजहरुको कविता पढ्दा पनि उहाँहरु जस्तै हुन पाएको भए भन्ने मनमा पनि लागि रहन्थ्यो।

एउटा चुटकिला छ । एउटा कविलाई मर्न मन लागेछ । मलाई मृत्यु देऊ भनेर भगवानसंग बर माग्न बसेछन् । धेरै तपस्या गरेपछि भगवान आएर कविलाई भनेछन् । तिमीलाई के चाहियो । कविले मलाई मृत्यु देऊ भनेछन् । भगवानले तिमीलाई कवि भएर दुःख भयो होला । तिमी नमर बरु तिमीले जुनजूनी माग्दछौं त्यो म बनाइदिन्छु भनेछन् । कविले साच्चै हो मेरो चाहाना अनुसारको जुनी मलाई दिनु हुन्छ भनेर जिज्ञासा राखेछन् । भगवानलाई लागेछ कि यो कवि अब लोभमा फस्यो । भगवानले बाचा गरेछन् । हो म तिमीले चाहेको जुनी दिन्छु भनेछन् । कविले तत्काल मलाई कुकुर बनाइदिनु भनेछन् । भगवान त छक्क परे । ल मैले बाचा गरिहाले म तिमीलाई कुकुरको जुनीदिन्छु तर भन तिमी किन कुकुर बन्न खोजेको ?कविले उत्तर दिएछन् । केही समालोचकहरुलाई टोक्नु छ । यो चुटकिलाले भनेजस्तै समालोचकहरुले कविप्रति न्याय गर्दैनन्?

समालोचकलाई हाम्रो देशमा वातावरण छैन भन्छु म त । एउटा प्रोफेसरले २/४ ठाउँमा पढाउनु पर्छ। उहाँहरुको अर्को विकल्प पनि छैन। त्यसैले अध्ययन गर्ने समय पनि मिल्दैन। समालोचक हुन त्यति सजिलो पनि छैन्। गहिरो ढंगले अध्ययन गर्ने, विश्व साहित्य कहाँ छ ? भनेर बुझ्ने समय पनि छैन। त्यसैले समालोचनाको स्थिति कमजोर छ।

पहिले डा. ईश्वर बराल, तारानाथ शर्मा, मोहनराज शर्मा लगायतका ठूला नामहरुले केही समालोचना गर्नुभएको थियो। अहिलेको अवस्था हेर्दा नेपालमा समालोचकहरु गुटका छन् झै लाग्छ। बामपन्थीले उनीहरुलाई पनि हेर्ने, प्रजातान्त्रिक समालोचकले आफैतर्फ आस्था राख्नेलाई हेर्ने गरेको पनि कहिँकतै पाइन्छ। श्रष्टा पार्टीको होइन, पार्टीले बनाएको पनि हुँदैन। त्यसैले श्रष्टाको सिर्जना साझा हुन्छ। भागबण्डा लगाएर हेर्न नहुने।

मेरो विचारमा लेखक स्वयम नै समालोचक हो। मैले लेखेको कुरा कसरी लेखेँ कसलाई थाहा हुन्छ र ? मैले कुन फिलिङमा लेखे त्यो अर्को मान्छेले कसरी पढेर न्याय दिन सक्छ र ? त्यसैले आफैले पनि यो विषयमा समालोचना गर्न सक्ने अवस्थाको सिर्जना गर्न सक्नु पर्छ।

विशुद्ध साहित्यकार मान्छे, कांग्रेसले समानुपातिक सूचिमा राखेछ। हजुर पनि महाराजगंज धाउनु हुन्थ्यो। तर, सांसद पनि बनाएन। एउटा साहित्यकारलाई समानुपातिकको अपेक्षा किन?

राजनीतिमा लाग्ने रुची जाग्यो। मलाई नेपाली कांग्रेसले सम्मान गरेको हो। त्यो बेलामा समानुपातिकको उम्मेदवार बनाएर पनि पुरस्कृत गरकोे हो। सांसद बन्नु मात्र हैन। म भन्दा धेरै ठूलाठूला र अग्रज व्यक्तित्वहरु हुनुहुथ्यो। कोटा नपुगेर होला वा अरुलाई बनाउनै पर्ने भएर हो म भइन। तर, सम्मान गरेको हो भन्ने बुझ्छु। अहिले पनि म समानुपातिकको उम्मेदवार उठेको मान्छे त हुँ नी । मलाई कुनै पछुतो छैन पुरस्कार सम्झेको छु।

कवि बन्न चाहने युवा पुस्तालाई के सुझाव दिनहुन्छ?

साधनाको कुरा हो। समर्पणभाव असाध्यै महत्वपूर्ण कुरा हो। म यस क्षेत्रमा लागेर कवि बन्छु भन्ने धारणा हुनु प¥यो। म कवि पनि बन्छु भनेर नलाग्दा राम्रो। अर्को कुरा यो क्षेत्रमा लाग्नु भनेको ठूलो दुःख पाउनु पनि हो। जीवनमा धेरैकुरा त्याग गर्नु पर्छ भन्ने कुरा पहिले नै स्वीकार गरेर आउनु पर्छ। कविता लेख्न बसेर डिप्रेसनमा जाने हैन।

संगैको साथीले गरेको प्रगति देख्दा मन जलाउने हैन। पहिले नै त्यो कुरा ख्याल गरेर मात्र कविता क्षेत्रमा आउनु पर्छ भन्ने मेरो अनुभव हो। मैले दुःखपाउँछु भन्ने कुरा बुझेर नै यो क्षेत्रमा आउनु पर्छ भन्छु म त। भौतिक स्रोत सुविधा नभए पनि मान्ने मान्छे त हुन्छन नै त्यसैले नयाँ पुस्ताले समर्पणभाव बोकेरै आउनुस्।

विश्वकै कविता पढ्नु प¥यो। किन यस्ता कविता लेखिए। किन कवितामा ठूलाठूला भिन्नताहरु किन भए। परम्परा के हो?भन्ने जस्ता कुरा बुझ्नु प¥यो। भाषासँग खेल्ने कुरा भएका कारण भाषाको ज्ञान हुनपनि जरुरी छ। र निरन्तरता चाहिन्छ। अभ्यास पनि त्यतिकै महत्वपूर्ण छ। रानजीति, इतिहास, संस्कृति लगायत सबै विषयको सार खिच्ने क्षमता राख्नु प¥यो।

अन्त्यमा सहित्यको चास्नीमा डूबुल्की मार्दा फाइदा के र बेफाइदा के के हुन्छ?

फाइदा धेरै छन् जस्तो लाग्छ। सबै क्षेत्र एउटै हुन। कोही सफल हुन्छन्। कति असफल हुन्छन्। यो क्षेत्रको फाइदा बुझ्नु भयो भने अमर भइन्छ। लक्ष्मीप्रसाद देवकोटा हेर्नुहोस्। लेखनाथ पौड्याल हुनु भयो। विपी कोइराला आदि उदाहरण हेर्नु भयो भने यसको फाइदाको ज्ञात हुन्छ। तर, जीवनभर कवि भएर मरेको भोलिपल्ट सबैले विर्सिन्छन् भने त्यो बेफाइदा हो झैं लाग्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो