राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
फाइल तस्विर
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।
सत्तारुढ दल नेकपामा विवाद चर्किएका बेला प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।
शुक्रबार बसेको सचिवलाय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा राजनीतिक प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीमाथि संगिन आरोप लगाएका छन्। र त्याग गर्न भनेका छन्।
प्रण्चण्डको प्रस्तावबारे ओली निकट नेताहरुले आक्रोश व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले प्रस्ताबबारे शनिबार दिउँसो बालुवाटारमा आफू निकट नेताहरुसँग छलफल गरेको बुझिएको छ।
नेकपामा विवाद हुँदा राष्ट्रपति भण्डारीले सहजीकरण गर्दै आएकाले शनिबार प्रधानमन्त्री शीतल निवास पुग्नुलाई चासोका साथ हेरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment